समाज

    Showing ८१-९० of १२० items.
  • कोभिड खोपमा ब्यापक अनियमितता, स्वास्थ प्रमुख यादव माथि कार्यवाही

     सिराहा । लहान नगरपालिका स्वास्थ्य शाखाद्वारा मंगलबार दोस्रो चरणको खोप कार्यक्रममा व्यापक अनियमितता भएको भन्दै स्वास्थ शाखा प्रमुखलाई कार्यवाही गरिएको छ । लहान नगरपालिका कोरोना राहत कोष व्यवस्थापन समितिको बैठकले अनियमितता गर्ने स्वास्थ्य शाखा प्रमुख राम सुन्दर यादवलाई कार्यवाही स्वरूप जिम्मेबारीबाट हटाईएको हो । उक्त बैठकले थप कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालयमा समेत पत्राचार गर्ने निर्णय गरेको खबर छ ।जेठ १८ गते लहान नगरपालिका स्वास्थ्य शाखाले जिल्ला स्वास्थ्य कार्यालयको निर्देशनमा लहान नगर प्रहरीको कार्यालय लहान–७ मा दुई सय कोभिशिल्ड खोप लहान नगरपालिकाक

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • १,०६० पटक पढिएको
    • धर्तीमाई
  • नेता चौधरीको आर्थिक सहयोगमा प्रतीक्षालयको निर्माण

     रासिन्द्र यादव । सप्तरीको बलान बिहुल गाउँ पालिका वडा नम्बर १ मा यात्रु प्रतीक्षालयको शिलान्यास गरिएको छ । पुर्व मन्त्री टि. एल चौधरीको आर्थिक सहयोगमा उक्त निर्माण काम हुनलागेको जानकारी प्राप्त भएको छ । कुल ४ लाखको लगानीमा हुनलागेको प्रतिक्षालय निर्माणका उपभोक्ता समितिमा अध्यक्ष राधे श्याम यादव, कोषाअध्यक्ष बिणा देबि यादव, सचिब उमेश कुमार यादव लगायत रहेका छन । उक्त निर्माण सम्पन्नताको जिम्मेवारी गा.पाका प्राविधिक श्रवण साहलाई दिईएको खबर छ ।  प्रतीक्षालयको शिलान्यास वडा सदस्य धनबिर यादव र समाजसेवी राम नारायणद यादवद्वारा गरिएको हो । शिलान्यास कार्यक्रममा शिक्षक विशेश्वर यादव,

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • ६४४ पटक पढिएको
    • धर्तीमाई
  • सिरहामा करेन्ट लागेर एकको मृत्यु

    सिरहा ।  सिरहाको नवराजपुर गाउँपालिका -२ का एक पुरुषको  करेन्ट लागेर ज्यान गएको छ । मृत्यु भएका ब्यक्ति सोही गाउँपालिका -२ निवासी ३५ वर्षीय लक्ष्मण महतो भएको बताईएको छ ।  केहि वर्षदेखि लाहान ८ स्थित आफ्नो ससुरालीमा बस्दै आएका महतो पानी तान्ने ह्यान्ड पाईपमा जडान गरिएको मोटरमा छुदा करेन्ट लागेको हो । पानीले भिजेको मोटरमा बिधुत प्रवाह भई उनलाई करेन्ट लागेको पारिवारिक श्रोतले बताए ।  शुक्रबार बिहान सौचालय पश्चात कलमा गई हातमुख धुने क्रममा उनलाई झटका लागेको थियो ।महतोलाई अस्पताल पुर्याउन लाग्दा बाटोमै मृत्यु भएको बुझिएको छ । मृतकको शव लाहान अस्पतालमा पोस्टमार्टमको लागि

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • ९५० पटक पढिएको
    • धर्तीमाई
  • सिटी जेसिज लाहानद्वारा 'हेल्लो डाक्टर' अभियानको थालनी

    सिरहा । 'मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो' भन्ने मूल नाराको साथ सिटी जेसिज लाहानद्वारा कोरोना भाईरस विरुद्ध 'हेल्लो डाक्टर' अभियानको थालनी भएको छ । कोरोना संक्रमणको कारण आक्रान्त भएको लाहान नगरवासीलाई यस अभियानले स्वास्थ संग सम्बन्धित त्रासलाई हदै सम्म निराकरण गर्ने विश्वास लिईएको छ । यस अभियान अन्तर्गत नगरका जोकोहीले दक्ष डाक्टरहरु डा. अनिल कुमार यादव, डा. शैलेन्द्र साह र डा. दिपेन्द्र प्रशाद साह संग नि: शुल्क स्वास्थ  परामर्श सेवा लिन सक्ने भनिएको छ । लाहान सिटि जेसिज २०२० का अध्यक्ष तथा हालको निवर्तमान अध्यक्ष बसन्त साहका अनुसार यो सेवा २०७८ जेष्ठ मसान्त सम्म जारी रहनेछ।

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • २६६ पटक पढिएको
    • धर्तीमाई
  • लाहानमा गौ हत्या, धार्मिक सदभाव बिथोल्ने प्रयास

    सिरहा । सिरहाको लाहान नगरपालिका २ स्थित मिलन चौकमा गौ हत्या भएको भन्दै स्थानीयले चर्को विरोध गरेका छन । मुस्लिम समुदायको एक परिवारमा हिजो बेलुका मासु प्रयोजनको लागि गाई काटेको भन्दै त्यहाँका हिन्दु समुदायले चर्को विरोध गरेका हुन । हिन्दु समुदायको एक परिवारले दिएको सूचनाको आधारमा ईप्रका लाहानले घटनास्थल निरीक्षण गरेका छन । प्रहरी आउने खबर पाए लगत्तै घरमुली फरार भएपनि उनको पत्नी र सालोलाई लाहान प्रहरीले नियन्त्रणमा लिएका छन ।  केहिले गौ हत्या गरिनु भनेको धार्मिक सदभाव बिथोल्ने प्रयास भएको बताएका छन । ईप्रका लाहानका ईन्चार्ज डिएसपी डा.तपन दाहालले यस विषयमा थप अनुसन्धान भईरहेको र जा

    • प्रकाशित मितिः बैशाख २७, २०७८
    • १,६६१ पटक पढिएको
    • धर्तीमाई
  • लाहान: बलपुर्वक टहरा भत्काउन लाग्दा झडप, केहि घाईते

    सिरहा । उचित ब्यवस्थापन नै नगरी सिरहाको लाहान नगरपालिकाले वडा ५ स्थित बजारको घर टहरा बलपूर्वक भत्काउन लाग्दा झडप भएको छ । खुट्टी खोला किनारमा सडक अतिक्रमण गरि घर टहरा बनाएको भन्दै लाहान नगरपालिकाले डोजर लगाएर भत्काउन लाग्दा स्थानीयले प्रतिकार गरेका छन । स्थानीय ब्यापारीका अनुसार ब्यवस्थापन नै नगरी प्रहरीको आडमा टहरा भत्काउन लागिएको छ ।करिब ३० वर्ष अगाडि नगरपालिकाले नै मन्जुरी दिएको उक्त जग्गा एकासी आएर भत्काउन लागेको स्थानीयले आरोप लगाएका छन । कोभिड को बेला यसरी हामीलाई दु:ख दिनु अन्याय हो भन्दै  स्थानीयले असन्तुष्टि जाहेर गरेका छन । उता बारम्बार चिठी पठाएपनि ब्यापारीहरुले जग्गा खाली

    • प्रकाशित मितिः बैशाख २२, २०७८
    • १,५०७ पटक पढिएको
    • धर्तीमाई
  • सरकारी नियम विपरीत कक्षा संचालन गरेको भन्दै सप्तरीका ११ प्रिन्सिपल पक्राउ

    सप्तरी । सरकारी निर्णय विपरीत विद्यालयमा बिद्यार्थीहरुको भौतिक उपस्तिथि गराई पठनपाठन गराएको भन्दै सप्तरी प्रशासनले सोमबार बिहान राजविराजका ११ विद्यालयका प्रिन्सिपललाई पक्राउ गरेका छन ।  सोमबार बिहान राजविराज नगरपालिकाका मेयर शम्भु यादव ,प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल सहितको टोलीले अनुगमन गर्दा ११ वटा विधालय खुलेको पाईएको थियो । सोही क्रममा भौतिक उपस्थिति गराई विद्यालय सञ्चालन गरेका ११ निजी विद्यालय का प्रिन्सिपललाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । नियन्त्रणमा लिइएका प्रिन्सिपलहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि संक्रामक रोग ऐन

    • प्रकाशित मितिः बैशाख १३, २०७८
    • १,९२९ पटक पढिएको
    • धर्तीमाई
  • बैशाखभरी विद्यालय बन्द गर्ने सरकारको निर्णय

    सिराहा । कोरोना संक्रमणको संख्या तेज गतिमा बढ्दै गएको हुनाले नेपाल सरकारले बैशाखभर विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय बैशाखभरी बन्द गर्ने निर्णय गरेको हो । सहरी विकासमन्त्री प्रभु साहले जनाए अनुसार 'कोभिड नियन्त्रणसम्बन्धी आदेश समेत जारी गरिएक्क छ । उक्त आदेश अनुसार २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको उनले बताए ।

    • प्रकाशित मितिः बैशाख ६, २०७८
    • ३६७ पटक पढिएको
    • धर्तीमाई
  • लाहानको माधोपुरमा एक नाबालिक किशोरीमाथि यौन दुर्ववहार

    सिरहा । सिरहाको लाहान नगरपालिका २१ मा पर्ने माधोपुरमा १६ वर्षिय एक नाबालिक किशोरीमाथि यौन दुर्ववहार भएको छ । गाउँको पुर्व रहेको डिहवार थान नजिक रहेको पोखरीमा उनी माथि यौन दुर्ववहार भएको हो । होली खेलेर पोखरीमा लुगा धुन र नुहाउन गएकी किशोरी सृजना मण्डल (नाम परिवर्तन)माथि त्यहीँको स्थानीय भगवानलाल साहको छोरा २५ वर्षीय कमलेश साहले दुर्ववहार गरेको पिडितले बताईन । घटना पश्चात् समान्य चोटपटक लागेको पीडित साहको उपचार लाहान स्थित जय मातादी क्लिनिकमा भईरहेको खबर प्राप्त भएको छ । पीडित पक्षले दोषीमाथि कार्यवाहीको माग गरी ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिन मंगलबार गएको खबर छ । यद्यपि जाह

    • प्रकाशित मितिः चैत्र १८, २०७७
    • २,७०६ पटक पढिएको
    • धर्तीमाई
  • जसपा आबद्ध दलित आयोग उपाध्यक्ष बैठाद्वारा एक महिलामाथि अश्लील शब्द प्रयोग

    सिरहा । प्रदेश नम्बर २ को दलित आयोगको उपाध्यक्ष राम प्रवेश बैठाले जसपा को प्रदेश समिति सदस्य ललिता दास विद्रोही लाई अश्लील शब्द प्रयोग गरेका छन । बैठाले समाजिक संजालको माध्यमले अश्लील शब्द प्रयोग गरेका हुन । नारी सशक्तीकरणको आवाज चारैतिरबाट गुन्जिरहेको बेला एउटा सार्वजनिक पद धारण गरेको ब्यक्तीले महिला नेताको यसरी मनोबल कमजोर पार्नु दु:खद भएको दासका पारिवारिक श्रोतले बताए । पीडित दासले हिजो मंगलवार गरेको पत्रकार भेटघाटमा बैठाले प्रयोग गरेको अश्लील शब्दको लागि माफि माग्नुपर्ने बताईन । उनले सार्वजनिक रुपमा माफि नमागे कानुनी प्रक्रिया अगाडि बढाउने समेत बताईन । एउटै पार्टीमा आवद्ध बैठा र

    • प्रकाशित मितिः चैत्र ११, २०७७
    • १,०४५ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]