सिराहा ।  सिरहाको धनगढीमा मोतिबिन्दु मुक्त अभियान थालनी भएको छ। तिलगंगा आँखा प्रतिष्ठान र धनगढीमाई नगरपालिकाको सहकार्यमा गत माघ २५ गतेदेखि अभियान थालेको हो।
z2_20240217_09240420
नगरको १ देखि १४ वाडासम्म समुदाय स्तरमा संचालित आँखा शिविरबाट स्क्रिनिङ गरी ६५० को हाराहारीमा मोतिबिन्दु बिरामी फेला परेको छ। शुक्रबार सम्म ५२४ जनाको सफल शल्यक्रिया भएको बुझिएको छ।
संचालित आँखा शिविरबाट करिब ७ हजार आम मानिसको आँखा जाँच गरिएको थियो ।
z2_20240217_09250466
फाल्गुन २ गतेदेखि धनगढीमाई नगरपालिकाको प्रशासनिक भवनमा संचालित सर्जिकल सामग्री सहितको निःशुल्क अप्रेशन कार्यक्रमले नगरबासीलाई उत्साहित तुल्याएको छ।

निःशुल्क अप्रेशन सेवा डाक्टर इन्दिरा पौडेल , किया वैध र कृपा लोप्चनद्वारा दिईएको जानकारी नगरपालिकाका जिन्सी शाखा प्रमुख सम्पैत यादवले दिनुभयो । यादवले सम्पुर्ण बिरामीको लागी खाना र बस्ने सुविधा नगरपालिकाले नि:शुल्क रुपमा गरेको बताउनु भयो।
z2_20240217_09242266
आँखा शिविरमा तिलगंगा आँखा प्रतिस्ठान को अगुवाईमा युएई एड, मानवीय कल्याणकारी फाउन्डेसन नेपाल र सारजा च्यारिटी ईन्टरनेशनल लगायतको आर्थिक सहयोग रहेको धनगढीमाई नगरपालिकाको नगर प्रमुख शिवशंकर महतोले जानकारी दिनुभयो ।