सिरहा । कृषि ज्ञान केन्द्र सिरहामा कार्यरत अजय कुमार कएणले करोडौं ठगी गरेको आरोप छ। करार कर्मचारी कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै करोडौं ठगी गरि फरार भएका छन् ।कर्मचारी कर्ण फरार भए पछि पीडित किसानहरू बिचल्लीमा परेका छन् । उनीहरु ट्र्याक्टर नपाएपछि रकम फिर्ताको आशमा बसेका छन् । कर्ण संग बारम्बार रकम फिर्ता मागेपछि उनले ग्लोबल बैंक, नबिल बैंकका चेक दिएका थिए तर उक्त खातामा ब्यालेन्स नदेखिएपछी पीडितले चेक बाउन्स गराएका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार फरार रहेको कर्णको खोजी कार्य जारी रहेको छ। प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले प्राप्त भएका नि
(सिराहा सखुवानन्कारकट्टीका एमाले नेता दिपेन्द्र प्रसाद चौधरीसंग लिएको अन्तर्वार्ताको सम्पादित अंश) सिराहा । कालोलाई सेतो र सेतोलाई कालो बनाउने मिडिया आतंक बन्द गरौ । देशमा भ्रमको खेति फैलाउने नै मिडिया हो। देशको चौथो अंग मिडिया तर मिडियाको जिम्मेवारी शून्य । काम नपाएको जस्तो जो पायो त्यसकै ईन्टरभ्यु लियो हाल्यो। जसले जति आराजक तरिकाले बोल्यो उसलाई त्यति प्राथमिकतामा राखिन्छ। जसलाई कानुनको ज्ञान छैन , राजनिति के हो ? थाहा छैन , उ चाहिं राजनितिक बिश्लेषक बनाईन्छ। लोकतन्त्रको गलत व्याख्या , कानुनको कमजोर कार्यान्वयन , सरकारको फितलो जवावदेहिता, जनताको उच्च महत्वाकांक्षा , देशको कमजोर आर्थिक अबस्थ
सिराहा । सिराहाका एसइइ परिक्षा केन्द्र आफ्नो अनुकुल राख्न व्यापक रुपमा आर्थिक चलखेल भएको गुनासो आएको छ। चैत १७ गते हुनगईरहेको एसइइ परिक्षाको केन्द्र तोकिए लगत्तै शिक्षा अधिकारी माथी आर्थिक सेटिङको आरोप लागेको छ ।निजी विधालयहरुले आफ्नो अनुकुल केन्द्र तोक्न अधिकारीलाई ठूलो रकम दिएको आशंका छ । तोकिएको केन्द्रको बिषयमा सिराहाका सिडियो भोजराज खतिवडालाई प्रश्न गर्दा वहाँले भन्नू भयो 'यस बिषयमा मलाई केही थाहा छैन । पहिलाकै सिडियोले निर्णय गरेको होला ।" परिक्षा समन्वय समितिका अध्यक्ष समेत रहेको सिडियो खतिवडालाई समेत जानकारी नदिई तोकिएको परीक्षा केन्द्रको बैधानिकता माथि प्रश्न चिन्ह खडा भएको छ ।त
सिरहा / बैक भौचरको प्रतिलिपी मांग गरेपछि शिक्षा बिकास तथा समन्वय इकाइ,सिरहाले ,एस.इ.इ . परीक्षाका लागी प्रयोग हुने फारम बापत कानून बिपरीत बिद्यालयहरुवाट असूल गरेको १ लाख ५२ हजार ९सय ६० रुपैया खातामा जम्मा गरेको रहस्य खुलेको छ । सूचनाको हक सम्बन्धि ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरी सिरहा ७ का परशुराम साहले, फारम बापत दस्तूर तिनुपर्ने कानूनी प्रावधान र संकलित रकम बैकमा जम्मा भएको प्रमाणको खोजी गरेपछि इकाइ कार्यालयले कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहा को नाउमा राष्ट्रिय बाणिज्
सिराहा । नेपाली कांग्रेस सिरहाको जिल्ला सभापति पदमा देउवा पक्षबाट विभिन्न नेताहरुको नाम आईरहेको हल्ला अफवाह साबित भएको छ । गत आईतवार बेलुकी रामचन्द्र यादवले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।वर्तमानमा पनि सिरहा कांग्रेसको जिल्ला सभापति रहेका यादव शेरबहादुर देउवा निकट मानिन्छन् । उनी पुर्व सांसद पनि हुन ।देउवा पक्षबाट कसले उम्मेदवारी दिने अडकलबाजी भईरहदा नेपाली कांग्रेस प्रदेश सभापति कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादवलगायतका नेताले यादवको जिरोमाईल स्थित निवासमै भेटेर सभापतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए । रामचन्द्रले आफ्नो पूरा प्यानल विजयी हुने दावी गरेका छन् ।‘प
सिराहा । लाहानका जे.एस मुरारका क्याम्पस ६ महिना लामो लकडाउन बेलाको समेत शुल्क उठाईरहेको खबर छ । ६ महिना लामो लकडानमा बस ठप्प रहेपनी शुल्क बुझाउनु पर्दा बिद्यार्थीहरु चिन्तित छन।सरकारले लकडाउन समयको शुल्क कुनैपनी शैक्षिक संस्थालाई नउठाउन निर्देशन जारी गरेपनी लाहानका अधिकान्स बिधालय तथा कलेजहरुले मनोमानी गर्न थालेका छन् ।जे.एस क्याम्पसमा अध्यनरत छात्र-छात्राको एक समुहले नाम सार्वजनिक नगर्ने शर्तमा शुल्क उठाएको प्रमाण सहित डि.एम खबरलाई बुझाएका छन् । विधार्थीहरुको अनुसार कलेजले अभिभावकको ढाड सेक्ने गरि बिजुली बापत प्रती जना ३०० का दरले बिलिङ गरेका छन् । उता पुस्तकालयमा समेत बिद्यार्थीहरुको असन्तुष
विनय यादवसिरहा । सिरहाको मिर्चैया नगरपालिकाका एकजना कर्मचारीका छोरालाई स्थानीयले सरकारी गाडीसहित समातेर प्रहरीमा बुझाएका छन् ।मिर्चैया नगरपालिकाको स्थास्थ्य शाखाका उपप्रमुख विजय महतोका छोरालाई सेता नम्बर प्लेटका गाडीसहित समातेर प्रहरीमा बुझाएका हुन् । नगरपालिकाको प्रदेश २ ०१ ००१ब ०२१२ नम्बरको मोटरसाइक उपप्रमुख महतो चढ्छन् । तर, स्थानीयले सोमबार बेलुकी उक्त मोटरसाइकलमा उनका छोरालाई गुडिरहेको देखेपछि कटारी चोकमा उनलाई समाते । प्रहरी त्यहीँ भएपनि गाडी नियन्त्रणमा लिन चाँसो नलिएपछि स्थानीयले दवाव दिएपछि मात्रै प्रहरीले गाडी नियन्त्रणमा लियो । गाडी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेक
सिराहा । सिराहाको लतियाहीमा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । स्थानीय युवा नेता तथा वडा न. १ का अध्यक्ष जामुन प्रसाद यादव र बिद्यार्थी नेता दिपेश यादवको अगुवाइमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेताकार्यकर्ता जसपामा प्रवेश गरेका छन् । स्थानीय नेता जामुन प्रसाद यादवको अध्यक्षतामा बसेको एक बैठकमा पार्टी प्रवेश कार्यक्रम गर्ने निर्णय भएको श्रोतले जनाए । पार्टी प्रवेश कार्यक्रममा बिद्यार्थी नेता दिपेश यादवले नव प्रवेशीलाई अबिर लगाएर सम्मान गरेका थिए।
सिराहा । गरिबी, अशिक्षा, बेरोजगारीलगायतको समस्यालाई निवारण गर्न देशमा नेपाली काङ्ग्रेसको अहम भुमिका रहेको भन्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा महासमिति सदस्य सुर्यनारायण यादवले अब सबै एकजुट भई परिवर्तनको पथमा जानुपर्ने आवस्यकता रहेको बताए । सिरहाको सखुवानानकारकट्टी गाउँपालिका ३ मा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता यादवले देश बदल्न जरुरी छ र त्यो नेपाली काङ्ग्रेसले नै गर्छ भन्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेको यादवले त्यसो बताएका हुन ।कार्यक्रममा उपस्थित नेता देवनाथ यादव, पुर्व सभापति देव नारायण यादव, सिरहा क्षेत्र नम्बर १ क
सिराहा : प्रदेश २ सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्माम्बलम्बीहरुका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ सरकारले आज २०७८ कार्तिक २ गते सार्वजनिक बिदा दिएको हो ।प्रदेश २ सरकारले पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा बिदा दिने राजपत्रमै उल्लेख गरेको छ । अब सरकारी कार्यालयहरु भोलि बुधवारबाट मात्र संचालनमा आउने जनाइएको छ ।
Copyright © 2020 / 2024 - Dharti Mai Weekly Newspaper - All rights reserved.