सिरहा । सिरहाको लाहान नगरपालिका २ स्थित मिलन चौकमा गौ हत्या भएको भन्दै स्थानीयले चर्को विरोध गरेका छन । मुस्लिम समुदायको एक परिवारमा हिजो बेलुका मासु प्रयोजनको लागि गाई काटेको भन्दै त्यहाँका हिन्दु समुदायले चर्को विरोध गरेका हुन । 


हिन्दु समुदायको एक परिवारले दिएको सूचनाको आधारमा ईप्रका लाहानले घटनास्थल निरीक्षण गरेका छन । प्रहरी आउने खबर पाए लगत्तै घरमुली फरार भएपनि उनको पत्नी र सालोलाई लाहान प्रहरीले नियन्त्रणमा लिएका छन ।  केहिले गौ हत्या गरिनु भनेको धार्मिक सदभाव बिथोल्ने प्रयास भएको बताएका छन । 


ईप्रका लाहानका ईन्चार्ज डिएसपी डा.तपन दाहालले यस विषयमा थप अनुसन्धान भईरहेको र जाहेरी आएपछि मुद्दा चलाउने बताए । 


तत्कालीन प्रचलित कानूनअनुसार १२ वर्षको सजायको प्रावधान रहेको थियो भने हाल बहाल रहेको मुलुकी अपराध संहिता २०७४ को परीक्षद २७ को पशुपंछीसम्बन्धी कसुरको दफा २८९ को उपदफा २ बमोजिम गौ हत्याको तीन वर्ष कैद सजायको व्यवस्था रहेको छ ।