सिराहा । रा.उ प्रादेशिक अस्पताल लाहानमा डाईलेसिस मेसिन जडान भएको छ। हाल ५ वटा मेसिन र ३ वटा डाईलेसिस बेडबाट यो सेवा शुरु भएको हो।

आईतवार दिउँसो २ बजे डाईलेसिस वार्डको उदघाटन मधेश प्रदेशका स्वास्थ मन्त्री बिरेन्द्र सिंहको हातबाट भएको अस्पतालका मेसु डाक्टर सुनिल प्रसाद कुशवाहाले जानकारी दिनुभएको छ् । डा.कुशवाहाको अनुसार हाल डाईलेसिस गर्ने ५ वटा मेसिन र ३ वटा बेडबाट सेवा शुरु भएको छ। दुई तीन दिन भित्रै थप २ बेड ब्यवस्थापन गरिने डाक्टर कुशवाहाले जानकारी दिनु भयो । डाईलेसिस शुरु भएपछि यहाँका जनतालाई  मृगौला सम्बन्धि उपचार पाउन सजिलो भएको वहाँले थप्दै भन्नुभयो।

डाईलेसिस उपचार खर्च बारे प्रश्न गर्दा मेडिकल सुपरिटेन्डेन्ट कुशवाहाले भन्नुभयो "हामी शुरूवातमा केही शुल्क लिएर संचालन गर्छौ तर सक्दो छिटै प्रक्रिया पूरा गरेर नि:शुल्क गर्नेछौं ।"