सिरहा । प्रदेश नम्बर २ को सरकारी बैंकहरुले सर्बसाधारण, किसान र पहुच नभएकाहरुलाई न  ब्यापारी कर्जा न  कृषि कर्जा नै दिनेगरेका छन । सर्वसुलभ रुपमा कुनै किसिमको कर्जा उपलब्ध नहुदा स्थानीय चिन्तित रहेका छन ।  अरु प्रदेशमा युवा बेरोजगार ,किसान् , वैदेशिक रोजगार बाट फर्केकाहरुलाइ प्रोत्साहन गर्नको निमित्त ल्याइएको रास्ट्र बैंकको नितिलाई कार्यान्वयन गरेको छ भने प्रदेश नम्बर २मा ठिक त्यसको बिपरित काम भईरहेको खुलेको छ । रास्ट्र बैंक ले जारी गरेको नीति नियम अनुसारको प्राईभेट बैंकहरुले गर्ने तर सरकारी बैंक हरुले न गर्ने यस्तो अबस्थामा अनुगमन गर्नु पर्ने नेबिसंघ  का निवर्तमान केन्द्रिय सहमहामन्त्री परमेश्वर साहले बताए ।


खासगरी सिराहामा रहेको सरकारी बैंकहरुले त कमिसन   लिएर मात्र लगानी गरिरहेको स्रोतले बताए । बैंकहरुमा राष्ट्रिय बाणिज्य बैंक ,कृषि बिकास बैंक र बाणिज्य बैंकहरुमा बिना कमिसन ऋण लगानी गर्दैनन् जब कि गरिब,किसान ,मध्यम बर्गका लागि नेपाल रास्ट्र बैंक ले योजना ल्याए तर दुर्भाग्यवश ती योजनाहरु कागजमा मात्र सिमित रहेको अवस्था छ ।


बिना धितो ऋण  ,कृषि लोन र युवाहरूलाई दिने रोजगार का निमित दिने लोन कागजमै सिमित रहेको छ। नेबिसंघ का नेता साहका अनुसार बाणिज्य बैंक लाहान   शाखा मा कृषि कर्जाको कुरा गर्न जाँदा ऋण अधिकृतले ५% कमिसन मागे । बिद्यार्थी नेता साहको आफनै कृषि फार्म रहेको छ । उनले ऋणको लागि कुरा गर्न जादा बाणिज्य बैंकले ४/४ महिना देखि त्यतिकै टालटुल पारिरहेको उनको आरोप छ । 


नाम गोप्य राख्ने शर्तमा एक ग्राहकले भने ' कृषि बिकास बैंक र नेपाल  बैंक लिमिटेड लाहान को पनि यहि हालत रहेको छ ५% कमिसन को कुरा गर्नु अनि मात्र फाइल लिन्छन । उनले नेपाल रास्ट्र बैंक निर्देशन पनि मान्न त्यार छैन अब रास्ट्र बैंक को ध्यान जाओस् ।यो विषयमा प्रदेश सरकार पनि मौन रहेको अवस्था छ जब कि देश प्रादेशिक संरचनामा गैसकेको भएतापनी सम्बन्धित निकाय मौन छ जसले गर्दा कमिसन तन्त्र हाबी भएको छ  प्रदेश नम्बर २ को सरकारी बैंक हरुमा ,अब पनि सम्बन्धित ध्यान जाओस ।'


उता राष्ट्रिय बाणिज्य बैंक लाहान शाखाले कमिसनको आरोपलाई निराधार भन्दै टिप्पणी गरेका छन । लाहान शाखा प्रमुख भोला कुमार कार्कीले डिएम खबर संग कुरा गर्दै भने ' हामी राष्ट्र बैंकको नितिलाई आधार मानेर कर्जा प्रदान गर्छौं । हामी माथी लगाईएको कमिसनको आरोप पुर्णतः झुठो हो । हामीले प्रक्रिया पुरा गरे बिना नै कसैलाई कर्जा कसरी दिन सक्छौं र? यदि लगाईएको आरोप सिद्ध भयो प्रचलित ऐन कानुन अनुसार सजाय भोग्न तयार छौं । 


त्यसैगरी उक्त शाखा कै कर्जा अधिकृत लक्ष्मी न्यौपाने ले आफुहरु माथि पुर्वाग्रही रुपले लगाईएको आरोप मिथ्या बाहेक अरु केहि नभएको दाबी गरे । न्यौपानेले थप्दै भने ' हामी र हाम्रो गुडविललाई खराब पार्ने उदेश्यका साथ यस्ता आरोपहरु लागिरहन्छन तर हामी सहज र सुलभ बैंकिङ सेवा दिन छोडेर यस्ता बनाबटी कहानीको पछि लाग्दैनौ ।'