सिराहा । विगत लामो समय देखि स्वास्थको अवस्था दयनीय रहेको मधेश प्रदेशमा हाल निकै ठूलो बदलाव आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहको नविनतम कार्य योजनाको कारणले बदलाव आएको पाईएको छ।

मन्त्री सिंहको कार्यशैली प्रति केही मेडिकल माफिया बिचल्लीत छन् । आफ्नो माफियागिरी नचल्ने देखेपछि नकारात्मक सन्देशहरु फैलाउनमा उनीहरू व्यस्त रहेको देखिएका छन् ।

मधेश प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रदेशको आठै जिल्लाका प्रादेशिक अस्पतालहरुको स्तरन्नोती गरेर प्रादेशिक अस्पताललाई एक सय सैयाको अस्पताल बनाउने अभियान अन्तर्गत विभिन्न उपकरण, दक्षजनशक्ति, औषधी लगायतका कार्यहरुमा आमूल परिवर्तन गरिएका छन् ।

स्वास्थ्यमन्त्री सिंहको अथक प्रयास मेहनेतको साथै विशेषज्ञहरुको राय सल्लाह लिई आमूल परिवर्तनका पथमा अघि बढ्दै गरिव निमुखा जनताहरुलाई निजी अस्पतालमा लुटिदै आएको अवस्थाबाट मुक्ति दिलाउने कार्यलाई देखेर केही विचौलियाहरु अनावश्यक रुपमा उनको पछि लागिपरेको स्थानीय जनकपुरका सत्येन्द्र कुमारले गुनासो गरे ।

यस्तै जनकपुरधाम स्थित मधेश प्रदेश स्वास्थ्य प्रतिष्ठान भित्र रहेका अस्पतालहरुबाट विरामी ओसार्नेलाई स्वास्थ्य मन्त्री सिंह आफै समातेर प्रहरीको जिम्मा लगाई कारवाही गराइएपछि त्यस्ता विचौलियाहरु उनको बदनाम गराउदै हिडेको उनले भने ।

यसअघिका सरकारमा युवा तथा खेलकुद मन्त्री हुँदा सिंहले विभिन्न स्थानहरुमा खेलकुदका सामग्रीहरु वितरण गर्नुका साथै उल्लेखनिय कार्य गरेका थिए । अहिलेका सरकारमा अत्यन्तै क्रियाशिल रहेका मन्त्री सिंहले यस्ता विचौलियाहरुको प्रचारबाजीबाट कुनै फरक नपर्ने तथा आफूले पाएको जिम्मेवारी पूर्ण इमानदारीका साथ पुरा गर्ने तथा सातै प्रदेशमा मधेश प्रदेशलाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रादेशिक अस्पताललाई व्यवस्थित बनाउन चाहिने उपकरणहरु खरिद प्रक्रिया पूर्ण रुपमा पार्दर्शी गर्नका निमित्त इ विडिंग प्रक्रियाको थालनी गराएकोमा त्यस्ता विचौलियाहरुको मापदण्डहरु पुरा गर्न नसक्ने भएपछि अनाधिकृत रुपमा विना जानकारीको स्टण्टबाजीको कारण आफूलाई केही फरक नपर्ने दाबी गरे ।