सिराहा । नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा चर्चित समाजसेवी  संगिता कर्माचार्यको असामाहिक निधनले लाहान नगरनै शोकाकुल भएको छ । लामो समय देखि समाजसेवामा उल्लेख्य भुमिकामा रहेकी कर्माचार्य कोरोना संगको लडाईमा पराजित हुन पुगिन । 


उनको मृत्युले नगरमा चिन्ताको बादल छाएको छ । विगत केहि दिन देखि कोरोनाको उपचार गराईरहेकी कर्माचार्यको निधन झापा स्थित बिएमसी अस्पतालमा भएको जानकारी प्राप्त भएको छ । लकडाउनको मारमा परेका गरिब, मजदुर, अपाङ्ग, विपन्न, एकल महिला आदिलाई आफ्नै बलबुतामा आर्थिक तथा खाद्यान्न सहयोग गर्दै आईरहेकी कर्माचार्यको असामहिक निधनको खबरले स्थानीय चिन्तित छन । बिपन्नले आफ्नो अभिभावक गुमाएको अधिकांसको प्रतिक्रिया रहेको छ ।