लहान, अषाढ २५ – एलएमसी कलेज लहानमा कक्षा १२ मा अध्ययनरत छात्रा प्रिया कुश्वाहाले अषाढ २४ गते आफ्नो १६औं जन्मोत्सव विशेष तरिकाले मनाएकी छन्। सामान्यतया जन्मदिनमा भोजभतेर वा पार्टी गरिने चलन रहे पनि उनले वातावरण संरक्षणप्रति सन्देश दिने उद्देश्यले कलेज परिसरमै वृक्षारोपण गरेर जन्मदिन मनाएकी हुन्। प्रिया कुश्वाहाले "हरेक जन्मदिनमा एक बिरुवा" भन्ने सन्देशलाई आत्मसात् गर्दै उक्त दिन कलेज प्राङ्गणमा विभिन्न प्रजातिका बिरुवा रोपेकी हुन्। वातावरण सन्तुलन कायम राख्न र हरित क्षेत्र विस्तारमा सघाउने उद्देश्यले गरिएको यस कार्यको कलेज प्रशासन, शिक्षक तथा सहपाठीहरूले प्रशंसा गरेका छन्।"वातावरण संरक्षण हाम्
लहान, सिराहा – लहान नगरपालिका–३ स्थित ललकु माध्यमिक विद्यालयमा नवनिर्मित चार कोठे भवन र मञ्चको शुक्रबार एक समारोहबीच मेयर महेश चौधरीले उद्घाटन गरेका छन्।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश कुशवाहाको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मनोज बनैता, नेपाली कांग्रेसका नेता फुलेश्वर महतो, नेकपा एमालेका नेता रामनारायण मेहता, वडा नं. ३ का अध्यक्ष रामदयाल महतो, शिक्षा शाखा प्रमुख अमिरी यादव, विद्यालयका प्रधानाध्यापक तथा अन्य शिक्षकहरू सहभाग
बिरेन्द्र नेपालसिरहा, २०८२ जेठ ५ – विद्यालयको भाडा रकमसम्बन्धी मुद्दामा फैसला भइसकेको अवस्थामा चरित्र हत्या गर्ने नियतका साथ समाचार सम्प्रेषण भएको भन्दै नेपाल थारु संघले विरोध जनाएका छन् । लहान नगरपालिका वडा नं. १ स्थित पशुपति आदर्श माविमा नौ वर्षअघि व्यापारीहरूसँग संकलित पसल भाडा रकम भ्रष्टाचारसम्बन्धी उजुरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट मिति २०८१ चैत २५ गते आएको पत्र अनुसार लहान नगरपालिकाले मिति २०८२ वैशाख ८ गते विद्यालयलाई आवश्यक राय र कागजात पठाउन आग्रह गरेको थियो।सोही अनुसार पशुपति आदर्श माविले मिति २०८२ वैशाख २२ गते लहान नगरपालिकामा लेखापरीक्षण प्रतिवेदन
लहान, चैत २८— एल.एम.सी तथा महाकवि विद्यापति क्याम्पसमा कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मोहन प्रसाद साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष धनपति भेटवाल रहनुभएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मनोज यादव (बनैता) तथा राष्ट्रिय परीक्षा बोर्ड, लहान शाखाका शिक्षा अधिकृत प्रमोद कुमार यादव विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो।त्यस्तै, लहानस्थित मेरी चिल्ड्रे
सिराहा । सिराहाका एक युवकले बालुवा, गिट्टी चाल्ने मेसिन बनाएका छन् । लक्ष्मीपुर पतारी वडा न. ३ बस्ने मनोज साहले बालुवा चाल्ने मेसिन बनाएका हुन।किसान परिवारमा जन्मेका साह बाल्यकाल देखि नै आफू बिज्ञान प्रविधिमा रुचि राख्ने गरेको बताए । कुल लागत ५० हजारमा निर्माण गरिएको उक्त मेसिनले बालुवा र गिट्टी दुबै चाल्ने साहको दाबी छ। उनको अनुसार गिट्टी चाल्न केवल जाली फेर्नुपर्ने हुन्छ।साहले निर्माण गरेको यो मेसिन खास गरि निर्माण व्यवसायीलाई धेरै उपयुक्त हुने बताईएको छ। यस मेसिनले एक दिनमा ५० ट्राक्टर बालुवा चाल्न सक्ने निर्माणकर्ता मनोज साहको दावी रहेको छ।साहले भने 'सामान उपलब्ध भयो भने ५ घण्टामा मेसिन बन
लहान । लहान नगरपालिकामा आर्थिक वर्ष ०८०/०८१ मा लिएको पेश्की रकमबाट न्यायिक समितिका सदस्य, उपमेयर, वडा अध्यक्ष र नातेदारहरुलाई लिएर भ्रमणमा मुक्तिनाथ निस्केका छन् । पेश्की लिएकै आर्थिक वर्षमा भ्रमण सकाउनु पर्ने हो । भ्रमण गर्न नसक्दा पैसा दाखिला गर्नुपर्ने हो तर यहाँ गत आवको बजेटमा चालू आवमा भ्रमण गएका छन् । हिसाब भने गत आवमै भ्रमण गरिएको देखाउने बुझिएको छ । भ्रमणमा उपमेयर रामचलितर महतो, उनको श्रीमती सन्जु सिंह, लेखा अधिकृत मायानाथ आचार्य, वडा-६ का अध्यक्ष रमेश गौतम, वडा-१३ का अध्यक्ष मनोज कोईराला, कार्यपालिका तथा न्यायिक समिति सदस्य महेन्द्र ठाकुर, वडा-१५ का सदस्य रामकुमारी दास, लक्ष्मण चौधर
असार १२ गते ।जनकपुधाम किशोर किशोरी मैत्री सेवा प्रदेशभरि लागु गर्ने स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहले वताएका छन् । प्रदेश सरकार र स्थानीय सरकार मातहतमा रहेको स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय तथा विश्वसनीय सेवा प्रदान प्रति सरकार गम्भिर रहेको वताए । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि कार्ययोजना तयार गरि कार्य गरिरहेको वताए । युएएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले “किशोरकिशोरीमैत्री स्थानीय सरकार, सुनिश्चित भविष्यको सुरुवात” भन्ने मूलनाराका साथ
सिराहा । मधेश शिक्षा क्षेत्रमा पछाडि परेको हुनाले शिक्षाको बिकासमा आफू गम्भीर रहेको सखुवानन्कारकट्टी गाउँपालिकाका उपाध्यक्ष निलम देवी यादवले बताउनु भयो । लाहान स्थित एम्स ईन्स्टिच्युटद्वारा आयोजित बिदाई कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको उपाध्यक्ष यादवले यस्तो बताउनुभएको हो।एसईई परीक्षा सकेर बृज कोर्स कक्षा समापन तथा बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै यादवले लाहान लगायत सिराहालाई शैक्षिक हब बनाउनु पर्नेमा जोड दिनुभयो। वहाँले एसईई परिक्षाका परिक्षाफलको लागि प्रतिक्षारत विद्यार्थीहरुलाई सफलताको शुभकामना दिनुभएको छ।बिदाई कार्यक्रमका अध्यक्षता एम्स ईन्स्टिच्युटका संचालक अब्दुल कलामले गर्नुभएको थ
लाहान । सुरक्षाको बिषयलाई लिएर फैलाईएको सूचना प्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ। बितेका केही दिन देखि लाहान क्षेत्र भित्र चोरी डकैतीको हल्ला अनावश्यक रुपमा फैलिएपछी ईलाका प्रहरी लाहान (क) ले एक बिज्ञप्ति जारी गरेका छन ।लाहानका प्रहरी निरीक्षक अबिनाशद्वारा जारी बिज्ञपति अनुसार हालका दिनहरुमा लाहान न.पा.को वडा एरियाहरुमा शान्ति सुरक्षाको बिषयलाई लिएर गलत, मनोगत र भ्रमपूर्ण सूचनाहरु प्रवाह भई रहेको र बिहेको जन्ति गाडिलाई समेत डकैत गर्न आएको भनी अफवाह फेलाईएको लगायतका बिषयहरुमा यस कार्यालयको ध्यान आकर्षण भएको छ ।अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका हेतु शान्ति सुव्यवस्था कायम
मनोज बनैतासिराहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल स्तरोन्नतिको लागि प्रदेश सरकार सदैव तयार रहेको बताएका छन् । स्वास्थ्य मन्त्रीको जिम्मेवारि पाए लगत्तै लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहानको निरीक्षणको क्रममा उनले सो बताएका हुन । बुधबार अस्पतालमा हेल्पिङ हार्ट र हेल्पिङ ह्याण्डद्वारा सहयोग गरिएको ४८ लाख बराबरको स्वास्थ सामग्री मन्त्री सिंहले मेसु सुनिल कुशवाहालाई हस्तान्तरण गरेका छन् । दातृ संस्थाले जम्मा १४४ प्रकारका उपकरण सहयोग गरेको बुझिएको छ। हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीले भने, ' प्रदेश सरकार जनताको स्
Copyright © 2020 / 2025 - Dharti Mai Weekly Newspaper - All rights reserved.