सिराहा । विहे गर्छु भन्दै प्रलोभनमा पारी लाहानका एक युवकले पुर्वको एक युवतीलाई बलात्कार गरेको छ । 


लाहान ६ बस्ने साह सोनार थरका युवकले लाहानको ईस्ट पोईन्ट होटलमा एक युवतीको बलात्कार गरेको खुलेको छ । मोबाईल र सामाजिक संजालको माध्यमबाट नजिकिएका सुनसरी- ईटहरी तिरकी युवतीलाई साहले विहे गर्छु भन्दै लाहान बोलाएका थिए । यता साहले आफ्नो बा-आमालाई समेत जानकारी नदिई युवतीलाई लाहान स्थित ईस्टपोईन्ट होटलमा राखेका थिए । 


युवतीले विहे कहिले गर्ने सोध्दा केटाले पटकपटक यौन सम्पर्क गर्दै यहि नै विहे हो भनी बलात्कार गरेका छन । पछि केटीलाई पन्छाउने उदेश्यले कामको बहानामा केटा फरार भए । 


पीडित युवतीले ईलाका प्रहरी कार्यालय लाहानमा उजुरी दिएकी छिन । कोरोनाको कारण पीडितको स्वास्थ परिक्षण शुक्रबार हुने महिला अधिकारकर्मी ललिता दासले बताईन ।