सिरहा । कृषि ज्ञान केन्द्र सिरहामा कार्यरत अजय कुमार कएणले करोडौं ठगी गरेको आरोप छ। करार कर्मचारी कर्णले  किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै करोडौं ठगी गरि फरार भएका छन् ।

कर्मचारी कर्ण फरार भए पछि पीडित किसानहरू बिचल्लीमा परेका छन् । उनीहरु ट्र्याक्टर नपाएपछि रकम फिर्ताको आशमा बसेका छन् । कर्ण संग बारम्बार रकम फिर्ता मागेपछि उनले ग्लोबल बैंक, नबिल बैंकका चेक दिएका थिए तर उक्त खातामा ब्यालेन्स नदेखिएपछी पीडितले चेक बाउन्स गराएका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार फरार रहेको कर्णको खोजी कार्य जारी रहेको छ। प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले प्राप्त भएका निवेदनको आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने बताए ।
 
आफूहरूलाई प्रलोभनमा पारी रकम असुली गरिएको औरही गाउँपालिका–२ स्थित तुलसीपुरकी पुनिता महतोले बताइन् । उनले भनिन्, “ठगी गर्ने कर्ण चिनजानकै व्यक्ति हुन् । कृषि ज्ञान केन्द्रका कर्मचारी पनि भएकाले विश्वास गरी ट्र्याक्टर पाउने आशले अग्रिम अनुदानको आधा रकम बुझाइयो । तर अहिले न ट्र्याक्टर पाइयो, न रकम फिर्ता नै ।” उनका अनुसार कर्णले गत कात्तिक १९ र २० गते नबिल र ग्लोबल आइएमई बैंकको चेक दिएका थिए । तर उक्त खातामा पर्याप्त रकम नभएको बैंकले बताएको थियो ।