मनोज बनैता
सिरहा। कानुन विपरीत बिधालय संचालन नगर्न सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेलले आग्रह गरेका छन । वैश्विक माहामारीको बेला नियम कानून र निर्देशन लाई बेवास्ता गर्दै संचालित विधालयलाई कार्यवाहीको दायरामा ल्याईने जिल्ला अधिकारी कनेलले जानकारी दिएको छ ।
 
कोरोना कहरको बिच बिधालय संचालन गरे भोलि गएर कुनै विधार्थी संक्रमणको शिकार भए त्यसको जिम्मेवारी स्वयं बिधालय र त्यहाँका प्रधानाध्यापक हुनेछ र साथै उनलाई भने सरुवा रोग संक्रमण ऐन २०२० अनुसार कार्यवाही हुने प्रमुख जिल्ला अधिकारी कनेलले जानकारी दिएका छन ।
 
लाहान, मिर्चैया र सिरहा लगायत जिल्लाको अधिकान्स ठाउँमा बिधालय संचालन हुँदा संक्रमणको जोखिम बढेको र आउने दिनमा बिधालयहरुनै कोरोनाको ईपिसेन्टर बन्न सक्ने बिज्ञहरु बताउँछन् ।
 
दशैको मुखमा आएर महामारीबाट प्रभावित अभिभावकहरु संग चर्को शुल्क असुल्ने प्रयोजनले संचालित बिधालय र त्यसका संचालक संबेदनहिन भएको भन्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादवले चिन्ता ब्यक्त गरेका छन । यादवले अहिले पीडित अभिभावक बाट शुल्क असुल गर्नु भनेको मृतक बिरामी को शरीरबाट रगत निकाल्नु जस्तै हो भनेका छन ।