रासिन्द्र यादव

सप्तरीको बलान बिहुल गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ मा वडा १, ३ र ५ मा  सडक ढलानका लागि पच्चिस लाख विनियोजन भएको जसमा बीस लाख को पीसिसि ढलान र ५⁄ ५ लाखको डि.पि.आर गराईएको र सार्वजनिक खरिद नियमावली व्यवस्था भए विपरित विना औचित्यको नियम विपरित गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव समेतको मिलोमतोमा अनियमितता भएको आशंकामा अनुसन्धान थालेको छ । सडक निर्माणमा डि.पि.आरको नाममा चलखेल भएको भन्दै स्थानीयले अख्तियारमा उजुरी दिएपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो ।
अख्तियार इटहरीले २०८० जेठ १२ गते बलान बिहुल गाउँपालिकालाई पत्र लेख्दै सडक सम्बन्धित सम्पूणर् कागजात मंगाएको अख्तियारका एक कर्मचारीले जानकारी दिए । सडक ढलान कार्यका लागि लागि के कति रकम निकासा भई के के कुन प्रकृयाबाट खर्च गरियो कागजातहरुको प्रमाणित प्रतिलिपिहरु मांग गरेके छ । सम्बन्धित योजनाका योजना स्वीकृत वार्षिक कार्यक्रम, स्वीकृत लागत इष्टिमेट दर विश्लेषण जिल्ला दररेट, योजना सम्झौतापत्र, स्पीकेशन, नापी किताव , प्राविधिक मूल्यांकन विल, भरर्पाई, बिल, भुक्तनीको विवरण एवं गोश्वारा भौचरलगायत उक्त कार्यक्रमसँग सम्बन्धित कागजातको प्रमाणित प्रतिलिपि पठाउन अख्तियारले गाउँपालिकालाई लेखेको पत्रमा भनिएको छ ।
सडक ढलानका लागि गरिएको डि.पि. आर र निर्माणमा अनियमितता गरेको बारे १५ दिनभित्र अख्तियारले तत्काल राय प्रतिक्रिया पेस गर्न निर्देशन दिएको ती कर्मचारीले जानकारी दिए ।