सिराहा । लहान अस्पतालका एक कर्मचारीले आफ्नो सेवाग्राहीमाथि गरेको अभद्र व्यवहारका कारण पक्राउ परेका छन् ।
सेवा लिने क्रममा सेवाग्राहीलाई नेपालीमा अश्लील गाली गर्ने प्रादेशिक अस्पताल लाहानका नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन । 

सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले ना.सु महतोलाई गुनासो गर्न जादा सामान्य भनाभन पछि चर्काचर्की भएको बताईएको छ। त्यसै क्रममा महतोले उक्त सेवाग्राहीलाई अपशब्द भनेका थिए । अस्पताल प्रशानको चर्को विरोध पछि ईप्रका लाहानले कर्मचारी महतोलाई गिरफ्तार गरेको डिएसपी कुमार मैनालीले जानकारी दिएका छन् ।