समाज

    Showing १-१० of १२० items.
  • प्रसाईंको अभिव्यक्ति प्रति जिल्ला उद्योग बाणिज्य संघको निन्दा

    सिराहा । दुर्गा प्रसाईंको अभिव्यक्तिलाई लिएर सिराहाका ब्यापारीहरु असन्तुष्टि पोखेका छन् । बैंक वित्तिय कर्जा पीडित व्यवसाय कल्याण संघ संघर्ष समितिको लहानमा भएको कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ लहान र संघका अध्यक्षप्रति लक्षित अभिव्यक्ति प्रति जिल्ला उद्योग बाणिज्य संघ सिराहा लाहानले घोर भत्सर्ना गरेको छ। प्रसाईंको सार्वजनिक अभिव्यक्तिलाई  गैरजिम्मेवार अभिव्यक्ति भन्दै बाणिज्य संघ अध्यक्ष बिकास शारडाले कडा निन्दा गरेको छ।  शारडाले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने 'यो संगठन व्यापारीहरुको साझा संगठन हो त्यसैले यो संगठनको पहिलो प्राथमिकता व्यावसायीको हकहित संरक्षण रहेको छ । य

    • प्रकाशित मितिः माघ ५, २०८०
    • ५४६ पटक पढिएको
    • धर्तीमाई
  • जितु चौधरीको मृत्यु रहस्यमय बन्दै, हत्या भएको परिवारजनको दावी

    सिराहा । लाहान नगरपालिका वडा न. १५ शोभापुर बस्ने जितेन्द्र चौधरीको मृत्यु रहस्यमय बन्दै गएको छ। जितु भनेर चिनिने जितेन्द्र चौधरी मंसिर २९ गते झुन्डिएको अवस्थामा गोलबजारमा फेला परेको थियो।मृतकको अवस्था शंकास्पद रहेको भन्दै मृतक परिवारले किटानी जाहेरी दिएका थिए तर गोलबजार प्रहरीले जाहेरी दर्ता गर्न मानेका छैनन्।आईतवार दिउँसो एक पत्रकार सम्मेलन गरि पीडित पक्षले बिज्ञप्ति जारी गरेका छन् ।बिज्ञप्तिमा लेखिएको छ : 'सजन चौधरीको छोरा जिल्ला सिरहा लहान नगर पालिका वडा नं.१५ शोभापुर टोल बस्ने बर्ष ४५ को जितेन्द्र भन्ने जितु चौधरीलाई षड्यन्त्र रची झुन्ड्याई ज्यान मारेको छ । जितु चौधरी धामी गुणीको काम

    • प्रकाशित मितिः पुस २२, २०८०
    • ३७५ पटक पढिएको
    • धर्तीमाई
  • लाहानका मेयर महेश चौधरी विरुद्ध मुर्दाबाद्को नारा

    लाहान । सिराहाको लाहान नगरपालिकामा दलित समुदायको आन्दोलनले तिब्रता पाएको छ । लहान १५ स्थित दुतीलाल मोचीको नाममा रहेको १७ कट्ठा जग्गा अनाधिकृत रुपमा कब्जा गरेको भन्दै संयुक्त दलित संघर्ष समितिले सडक आन्दोलन थालेको हो ।मोचीको नाममा रहेको जग्गा कब्जा गरि जवरजस्ती फोहोर व्यवस्थापनको लागि भौतिक निर्माण गर्दा मेयर चौधरीविरुद्ध प्रदर्शन हुँदै आएको संघर्ष समितिका संयोजक मनोज पासमानले जानकारी दिए ।विरोध चलिरहेकै अवस्थामा कात्तिक २३ गते सो जग्गामा दुतीलालका छोराहरुले बनाउँदै गरेको घरलाई लहान नगरपालिका मेयर चौधरीको निर्देशनमा सशस्त्र, जनपथ र नगर प्रहरीको टोलीले आगो लगाइदिएको नेपाली काङ्ग्रेस कै एक दलित न

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • ५९० पटक पढिएको
    • धर्तीमाई
  • पोखडियागढमा मेयर चौधरीको चर्को विरोध

    लहान, २८ कात्तिक । लहान १५ मा दलितको घरमा आगो बालेपछि मेयर महेश चौधरीको चर्को विरोध हुन थालेको छ ।चाडपर्वको मध्यनजर गरि संयुक्त दलित संघर्ष समितिले विरोध जुलुस प्रदर्शन तत्कालको लागि स्थगित गरेको छ। स्थगित गरिएपनि आज कात्तिक २७ गते लहान १८ पोखरियागढमा गरिएको शुभकामना कार्यक्रममा संघर्ष समितिका कार्यकताले मेयर चौधरीविरुद्ध चर्को नाराबाजी गरेको छ।शुभकामना कार्यक्रम विहान १० बजेतीर राखिएमा विरोध भएपछि दिउसो २ बजे मेयर पुगेका थिए। लहान नगरपालिका वडा नम्बर १८ ले आयोजना गरेको शुभकामना कार्यक्रममा वडाध्यक्ष मोहम्मद समशेरको आग्रहमा विरोधरोकिएको थियो ।लहान १५ स्थित दुतीलाल मोचीको नाममा रहेको १७ कट्ठा ज

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • १,२७० पटक पढिएको
    • धर्तीमाई
  • मेयर चौधरीले आफुलाई दलितको नेता भन्नू नाटकै हो: पीडित मोची

    सिराहा । सिराहाको लाहान नगरपालिकाले बलपूर्वक एक दलितको जग्गा कब्जा गरेको खबर छ। नगरपालिकाले जबरजस्ती व्यक्तिगत जग्गामा दिसा जन्य फोहोर व्यवस्थापन गर्न भौतिक निर्माण थालेको छ । लहान १५ स्थित दुतीलाल मोचीको नाममा रहेको किता १०५ (९ख) नम्बरको १७ कठ्ठा जग्गामा जवरजस्ती भौतिक निर्माण थालेपछि पीडित परिवारको बिचल्लीमा परेका छन् ।पीडित मोची भन्नुहुन्छ 'मेयर महेश चौधरी आफुलाई बेला बेला दलितको नेहा हुँ भन्नुहुन्छ । वहाँको यी कुराहरू सब नाटक जस्तो लाग्छ । यदि वहाँ सहि नेता भएको भए हामी जस्ता गरिबको जग्गा बलपूर्वक कब्जा गर्नु हुदैन थियो।'यता लहान नगरपालिका विरुद्ध दलित संघर्ष समिति आन्दोलनमा उत्रिने भएको छ

    • प्रकाशित मितिः कार्तिक २३, २०८०
    • १,१०८ पटक पढिएको
    • धर्तीमाई
  • लाहानबाट स्वचालित पेस्तोलसहित ३ पक्राउ

    लाहान - सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले सिरहाको लहानबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। सोमबार ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।नियन्त्रणमा लिइएकाहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका–८ का ३१ वर्षीय अनिल राम, सोही नगरपालिका ५ बस्ने ३० वर्षीय  जिबानन्द  चौधरी  र सप्तरी जिल्लाकै खडक नगरपालिका-४ बस्ने ३५ वर्षीय सञ्जयप्रसाद चौधरी छन्।हतियार बोकी हिँडेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले लहान नगरपालिका-१ हाइवेबाट २ थान गोली लोड भएको अटोमेटिक पेस्तोल, १ लाख ८४ हजार २ सय ५३ रुपैयाँ, ४ थान मोबाइल, नेपाल

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • ३,४४७ पटक पढिएको
    • धर्तीमाई
  • देशको चौथो अंग 'मिडिया' थप जिम्मेवार बन्न जरुरी : नेता चौधरी

    (सिराहा सखुवानन्कारकट्टीका एमाले नेता दिपेन्द्र प्रसाद चौधरीसंग लिएको अन्तर्वार्ताको सम्पादित अंश) सिराहा । कालोलाई सेतो र सेतोलाई कालो बनाउने मिडिया आतंक बन्द गरौ । देशमा भ्रमको खेति फैलाउने नै मिडिया हो। देशको चौथो अंग मिडिया तर मिडियाको जिम्मेवारी शून्य । काम नपाएको जस्तो जो पायो त्यसकै ईन्टरभ्यु लियो हाल्यो। जसले जति आराजक तरिकाले बोल्यो उसलाई त्यति प्राथमिकतामा राखिन्छ। जसलाई कानुनको ज्ञान छैन , राजनिति के हो ? थाहा छैन , उ चाहिं राजनितिक बिश्लेषक बनाईन्छ। लोकतन्त्रको गलत व्याख्या , कानुनको कमजोर कार्यान्वयन , सरकारको फितलो जवावदेहिता, जनताको उच्च महत्वाकांक्षा , देशको कमजोर आर्थिक अबस्थ

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • ५२८ पटक पढिएको
    • धर्तीमाई
  • डिपिआरको नाममा लुट, अख्तियारको छानबिन जारी

    सप्तरीको बलान विहुल गाउँपालिकामा डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) को नाममा ब्रह्मलुट मच्चाएको पाइएको छ । आर्थिक वर्ष ०७८-७९ मा तत्कालीन प्रदेश नं. २ सरकारबाट सशर्त अनुदानतर्फ चारवटा योजनाका लागि पठाइएको बजेटमध्ये ५–५ लाखका दरले २० लाख रुपियाँ कटौती गरी ब्रह्मलुट मच्चाएको पाइएको हो । ‘गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. नसिम राइनले मिलोमतो गरी डीपीआरका लागि योजनाकै बजेट कटौती गरेका छन्’, स्रोतले भन्यो– ‘त्यति बेला भर्खरै जनप्रतिनिधिहरु निर्वाचित भएर आएका थिए, पैसाका लागि मरिहत्तै गरी डीपीआरको नाममा आधा जति रकम खाए ।’ प्रदेश सरकारको सशक्त अनुदा

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • ५५० पटक पढिएको
    • धर्तीमाई
  • शुभकामना आदानप्रदान कार्यक्रममा कुर्सीहरु खाली, कार्यसमितिले आफै आफैंलाई दिए शुभकामना

    लाल बिहारी यादब सिराहा । गोपाल सेवा समिति लहान सिरहाले आयोजना गरेको  आजको शुभकामना आदान  प्रदान कार्यक्रममा चिन्ताजनक उपस्थिति रहेको देखियो। करिब एक लाख पचास हजार यादव रहेको सिरहा जिल्लास्तरी´विजयादशमी,शुभ दिपावली तथा  छठ पर्वको सुखद उपलक्ष्यमा शुभकामना आदाा प्रदान` कार्यक्रममा कार्यसमिति बाहेक ३३ जनाको मात्र उपस्थिति रहेकोले अधिकांश वक्ताहरुले ती लज्जास्पद उस्थितिलाई नै चिन्ताको मुल बिषय भएको बताएका छन् । वक्ताहरूले यति न्यून उपस्थिति हुनुमा अरु कारणहरु जे जे भएपनि दशैं पर्वको  बेला हुने लामो विदा र हात गोडा र मस्तिष्क कम चल्ने शिथिल व्यक्तिहरु  हालको कार्य समितिमा

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • ७८५ पटक पढिएको
    • धर्तीमाई
  • आउने १० वर्षमा किसानको अनुहार फेरिने योजना छ : कृषि मन्त्री न्यौपाने

    सिराहा । मधेश प्रदेशको किसानको अब आउने दस वर्षमा अनुहार नै फेरिने मधेस प्रदेश सरकारको कृषि मन्त्री गोबिन्द बहादुर न्यौपानेले बताए। राष्ट्रिय कृषक समुह महासंघद्वारा आयोजित १६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस एवं ४३ औं बिश्व खाध दिवसको अवसरमा मन्त्री न्यौपानेले त्यसो बताएका हुन् ।सिरहाको भगवानपुर गाउँपालिकामा आयोजित उक्त कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले भने हामी संग १० वर्षे योजना छ जसले किसानको अधिकतम समस्या सामाधान गर्नेछ । मधेश दुधमा आत्मनिर्भर हुन जरुरी छ तसर्थ हरेक किसानले गाई भैंसी पाल्न जरुरी छ।'राष्ट्रिय कृषक समुहद्वारा लामो समय देखि सिरहाको भगवानपुर गाउँपालिका , लक्ष्मीपुर पता

    • प्रकाशित मितिः असोज २९, २०८०
    • २७२ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]