मनोज बनैता

सिराहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल स्तरोन्नतिको लागि प्रदेश सरकार सदैव तयार रहेको बताएका छन् । स्वास्थ्य  मन्त्रीको जिम्मेवारि पाए लगत्तै लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहानको निरीक्षणको क्रममा उनले सो बताएका हुन ।
20240327_115938_yLKvWMPY7E
बुधबार अस्पतालमा हेल्पिङ हार्ट र हेल्पिङ ह्याण्डद्वारा सहयोग गरिएको ४८ लाख बराबरको स्वास्थ सामग्री मन्त्री सिंहले मेसु सुनिल कुशवाहालाई हस्तान्तरण गरेका छन् । दातृ संस्थाले जम्मा १४४ प्रकारका उपकरण सहयोग गरेको बुझिएको छ। हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीले भने, ' प्रदेश सरकार जनताको स्वास्थ प्रती निकै गम्भीर रहेको छ। प्रदेश सरकारद्वारा हालसम्म गरिएको सकारात्मक कामहरूलाई निरन्तरता दिईनेछ। साथै नयाँ कामहरूको थालनी पनि गरिनेछ।'
20240327_120025_QcNtTLKQ6B
मन्त्री सिंहले अस्पतालको जग्गा नामसारी प्रक्रियामा रहेका बाधा छिट्टै फुकाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
20240327_131758_c5jXpAOF9Z
अस्पताल निरीक्षणको क्रममा मन्त्री सिंहले बिरामी संग भेटघाट गरि अस्पतालको सेवा प्रवाह सम्बन्धि सोधखोज गरेका थिए। उनले कुनै गुनासो भए मलाई सिधा सम्पर्क गर्न भनेका थिए ।
20240327_114427_euo5FcdS5l_WMn6k4FZ16
मन्त्री सिंहले अस्पतालका कर्मचारीलाई इमानदारी पुर्वक सेवा दिन सुझाव दिए। ढिलासुस्ती गर्नेलाई कार्यवाही समेत हुने चेतावनी दिए।
z2_20240328_09352744
मन्त्री सिंहको स्वागत अस्पतालका मेसु सुनिल कुशवाहाले गरेका थिए । कार्यक्रममा उपस्थित प्रदेश सभा सदस्य माननीय राज कुमार गुप्ता, प्रदेश सभा सदस्य माननीय ललिता दास, जिल्ला समन्वय समिति प्रमुख दिनेश महतो, लाहान नगरपालिकाका उप-प्रमुख राम चलितर महतोलगायतले मन्त्रीलाई अस्पतालका बिकासका लागि सुझाव दिएका थिए।