मनोज बनैता

सिरहा । सिरहाको लहानमा सुनचाँदी व्यवसायीको गोली हानी हत्या गरिएको छ ।  लाहान २३का वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल थापेर बसिरहेका अन्दाजी ४५ वर्षीय प्रदिप विश्वकर्माको हत्या भएको हो । 


डकैती गर्न आएका समुहले विश्वकर्माका पत्नी अमिता विश्वकर्मालाई धारिलो हत्यार प्रयोग गरि गम्भीर घाईते बनाएका छन । घाईते विश्वकर्माको उपचार लाहान स्थित सप्तरिषी अस्पतालमा भईरहेको जानकारी छ ।


मृतक विश्वकर्मा लाहान ७ का बासिन्दा हुन । घटना लगत्तै ईलाका प्रहरी कार्यालय लाहानका डिएसपी डा. तपन दाहाल नेतृत्वको टोलीले दुईजनालाई पक्राउ गरेका छन । पक्राउ पर्नेमा लहान नगरपालिका ७ का रामकृष्ण चौधरी र लाहान २३ गाढा कै सुरेश सहनी छन् । 


मृतकका शव लाहान अस्पतालमा पोष्टमार्टमका लागि पठाईएको र तालिम प्राप्त कुकुर ल्याई घटनास्थल निरिक्षण हुन लागेको डिएसपी डा. दाहालले बताए ।