लाल बिहारी यादब
सिराहा । गोपाल सेवा समिति लहान सिरहाले आयोजना गरेको  आजको शुभकामना आदान  प्रदान कार्यक्रममा चिन्ताजनक उपस्थिति रहेको देखियो। करिब एक लाख पचास हजार यादव रहेको सिरहा जिल्लास्तरी´विजयादशमी,शुभ दिपावली तथा  छठ पर्वको सुखद उपलक्ष्यमा शुभकामना आदाा प्रदान` कार्यक्रममा कार्यसमिति बाहेक ३३ जनाको मात्र उपस्थिति रहेकोले अधिकांश वक्ताहरुले ती लज्जास्पद उस्थितिलाई नै चिन्ताको मुल बिषय भएको बताएका छन् ।

वक्ताहरूले यति न्यून उपस्थिति हुनुमा अरु कारणहरु जे जे भएपनि दशैं पर्वको  बेला हुने लामो विदा र हात गोडा र मस्तिष्क कम चल्ने शिथिल व्यक्तिहरु  हालको कार्य समितिमा रहनु  पनि हुन् भनेर आलोचना गरेका छन् । बर्षमा १ पटक हुने १० दिने यो लामो बिदामा लहानका अधिकांश मानिसहरु विदा सदुपयोग गर्न आ -आफ्ना घर कार्यमा व्यस्त रहेको बेला यस्तो कार्यक्रम  गर्न नहुने कुरा समितिले बुझ्न नसक्नु समितिको एउटा कमजोरी हो भने कार्यक्रम हुनुभन्दा २ हप्ता अगाडि नै निम्तो कार्ड पठाउनुअर्को कमजोरी हुन्। हुन त यो समितिलाई नै समाजसेवी तथा विश्लेशक दिनेश यादव,स्थानीय सुदिलाल यादव लगायत दर्जनौ व्यक्तिले अवैध भनेका छन्।वहाँहरु भन्नुहुन्छ  ,´´अध्यक्षको  उम्मेदवार हुन गोसेसको विगतका समितिको कुनै पदाधिकारी हुनुपर्ने वैधानिक शर्त नै त्रुटिपूर्ण काम हो जुन शर्त केहि ब्यक्तिको पूर्वाग्रहि तथा स्वार्थ सिद्धि योजना हुन् । जुन सिद्धान्त दुनियाको कुनै पनि सामुदायिक संस्थासंग मेल खाँदैन।
  गोसेसको अर्को स्राप बने वर्तमान समिति चयनताका निर्वाचन अध्यक्ष मण्डल। यिनीहरुले संस्थाले धान्नै नसक्ने अन्याय गरे।संस्थाको भन्दाआफ्नो हितलाई देखे र चुनाव वा सहमति जस्ता प्रजातान्त्रिक पद्धतिलाई लत्याउँदै जुन पदको लागि ज-जसले मनाोनयन दर्ता गराए त्यो पदमा नभई अर्कै पदमा चयन गरेर उनीहरुले नीतिगत अपराध गरे।जस्तै अध्यक्ष पदको लागि मनोनयन दिएका धनेश्वर यादब उपाध्यक्षमा र कोषाध्यक्ष पदको लागि मनोनयन दिएका हेमन्त यादब सदस्य पदमा बिजय भए जुन त्यस्ताका ठडट्टा हुन गएको थियो। यो अपराध पनि आजको न्यून उपस्थितिको कारण थियो।
    अब यहि समितिलाई निरन्तरता दिने कि बैध समितिको लागि मार्ग खूला गर्ने भने चुनौति आजको कार्यक्रमबाट थपिएको छ।किनकि कार्यसमिति र मूल समिति गरि जम्मा ५० जना पदाधिकारी रहेकोमध्ये यस गोसेसका १७ जना पदाधिकारीहरु मात्र उपस्थित हुनुले पनि नैतिक सबाल खडा गर्दछ।समयमै आदि ईत्यादि स्वसिर्जित समस्या समाधान नगरे स्वघोषित चन्दाहरु पनि नउठ्ने सम्भावना अधिक हुन जान्छ।
   सिरहा जिल्ला निर्वाचन क्षेत्र नं १बाट निर्वाचित संघिय संसद माननीय राम शंकर यादव प्रमुख अतिथि  हुँदाको पनि मज्जा लिन सक्नुभएन।किनकि वहाँको कार्यक्रमभरिको निन्याउरो चेहराले उदासिनताको प्रत्यक्ष प्रमाण दिईरहेको थियो।वहाँले यो अवश्य सोच्दै यो पनि आंकलन गर्दैहुनुहोला कि संघिय संसद कुनै चिया पसलमा १ घण्टा मात्रै बस्दा सयकडौ जना उपस्थित हुदोरहेछ तर लाखौ यादबहरुको सामूदायिक संस्थामा ५० जना मात्रको उपस्थित हुनु मेरो महत्व कम कि समिति असक्षम्।त्यति मात्रै हैन गोसेसका मूल समितिका सदस्य तथा सम्मानित नेता सत्य नारायण यादब पनि कार्यक्रमको संचालन शैलिलेआफ्नो मानमर्दन भएको कुरा बक्तव्यको क्रममा राख्नुभएको थियो जुन स्वीकार योग्य थियो ।जसका विभिन्न कारणहरुमध्ये पद्सोपानको आधारमा आसन ग्रहण नहुनु,वहाँको समानान्तर तथा कनिष्ठ ओहदाका व्यक्तिहरु मुलमंचीय अतिथिदिर्घामा  तर वहाँ मंच अगाडिको को सामान्य आसनमा हुनु पनि थियो।त्यहाँ आफ्नो पनि अपमान गरेकोले समितिको भवनदाता चन्देश्पर यादवले नेतृत्वपंतिलाई तथानाम अपशब्दहरु पनि भनेका थिए।
समितिका अध्यक्ष गणेश यादबको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम मको उद्घोष समितिका सचिब भोगेन्द्र यादबले गरेका थिए।