सिराहा । मधेश प्रदेशको किसानको अब आउने दस वर्षमा अनुहार नै फेरिने मधेस प्रदेश सरकारको कृषि मन्त्री गोबिन्द बहादुर न्यौपानेले बताए। राष्ट्रिय कृषक समुह महासंघद्वारा आयोजित १६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस एवं ४३ औं बिश्व खाध दिवसको अवसरमा मन्त्री न्यौपानेले त्यसो बताएका हुन् ।

सिरहाको भगवानपुर गाउँपालिकामा आयोजित उक्त कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले भने हामी संग १० वर्षे योजना छ जसले किसानको अधिकतम समस्या सामाधान गर्नेछ । मधेश दुधमा आत्मनिर्भर हुन जरुरी छ तसर्थ हरेक किसानले गाई भैंसी पाल्न जरुरी छ।'

राष्ट्रिय कृषक समुहद्वारा लामो समय देखि सिरहाको भगवानपुर गाउँपालिका , लक्ष्मीपुर पतारी गाउँपालिका, धनगढीमाई नगरपालिका र सखुवानान्कारकट्टी गाउँपालिकामा करार खेती संचालनमा रहेका छन्। महासंघले हरेक हिसाबले पछाडि परिएका दलित, गरिब, सीमान्तकृत, भुमिहिन सुकुम्बासीहरुलाई आत्मनिर्भर बनाउन करार खेती संचालन गरेको बुझिएको छ ।

खास गरेर दलित समुदायमा  दिनचर्या चलाउन कठनियाई भएका समुदायको आर्थिक स्तर उन्नतिको लागि स्थानीय सरकार र केयर नेपालको सहकार्यमा महासंघले ग्रामीण किसानहरुलाई कम जग्गामा बढी उत्पादन र मनग्ये आम्दानी गर्न उन्नत प्रविधिको बिउ र कृषि औजार मल खाद्य उपलब्ध गराउदै आएका छन्।
समाजमा रहेका बेरोजगार युवा युवतीहरुलाई सीप मुलक तालिम समेत प्रदान गर्नेगरेको छ।

नेपाली समाजमा कृषिजन्य उत्पादनमा ग्रामिण महिलाहरुको योगदान ठुलो रहेको छ। सन २००७ साल १५ अक्टुवरको दिनलाई संयुक्त राष्ट्रसंघले ग्रामिण महिला दिवस मनाउने घोषणा गरेको थियो। बिश्वका विभिन्न देशमा १५ अक्टुवरका दिनलाई ग्रामीण महिला दिवस को रुपमा मनाउने गरेका छन्।
नेपालमा २०१४ मा विभिन्न सरोकारवालाहरु संगको सहकार्यमा राष्ट्रिय कृषक समुह महासंघ नेपालले यो दिवस मनाउन सुरु गरेको हो।

ग्रामीण महिलाहरुलाई घरको काम बाहेक आय आर्जन मुलक काममा सहभागिता गराई गरीबी न्यूनीकरणमा टेवा पुर्याउने उदेश्यले महासंघले क्रमिक रूपमा दिवस मनाउन थालेका हुन्।

आइतबार सिरहाको भगवानपुरमा प्रभात फेरी कार्यक्रम गरी १६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस एवं ४३ औं बिश्व खाध दिवस मनाएको परियोजना अधिकृत दिलिप कुमार साहले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारको कृषि मन्त्री गोबिन्द न्यौपाने, बिशिस्ट अतिथि पालिकाअध्यक्ष उग्र नारायण यादव, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव लगायत विभिन्न पालिकाका उपाध्यक्षहरुको सहभागीता रहेको थियो ।