सिराहा । मौवाही स्कुलको शिक्षक कुटपिट प्रकरणले समाजिक संजाल संगसंगै जिल्लाको माहौल तातेको छ। केही दिन अगाडि वडा अध्यक्ष संजय यादवले  विद्यालयका एक शिक्षक पतिराम यादवलाई हातपात गरेको थियो।  अध्यक्ष यादवले अनाहकमा गाली गलौज गर्दै शिक्षक पतिराम यादवको आँखा सुनिने गरि मुढकीले हानेको थियो।

यस घटनाकै सन्दर्भमा सखुवानन्कारकट्टीका एक युवा नेता दिपेन्द्र प्रसाद चौधरीले लेख्नुहुन्छ 'यादब वडा होईन, बडा अध्यक्ष हो आराजकताको अर्को नाम हो संजय यादब । एमाले फुटको फाईदा स्थानिय निर्बाचनमा कांग्रेसले लिएको हो । जसको सजायको भागेदार जनता र बिधालय हुँदै आईरहेको छ । फुटको फाईदा स्थानिय निर्बाचनमा कांग्रेसले लिएको हो । जसको सजायको भागेदार जनता र बिधालय हुँदै आईरहेको छ ।

 युवा नेता चौधरी थप्दै भन्नू भयो 'प्रेस बिज्ञप्ति निकाल्ने शिक्षक स्वयं पनि आराजकताको सिकार हुनसक्छ।किनकि आराजकताले सिमापार गरिसकेपछि नभाई चिन्छ न घर न परिवार ।त्यसैले वडाध्यक्षको आराजकतालाई बढाबा नदिन शिक्षकलाई पनि अनुरोध गर्न चाहन्छु।होईन वडाध्यक्षको दबाव वा प्रभावमा परेर यस्ता किसिमको आराजक्तालाई साथ दिईराख्यो भने शिक्षकहरुलाई पछुताउनु बाहेक केही पाउदैन ।शिक्षकहरुले सत्य तथ्य बोलेन भने त्यो त्यहि शिक्षकको लागि प्रतिउत्पादक हुनसक्छ ।'

संजय यादवको यतिबेला व्यापक रुपमा आलोचना भईरहेको छ । वडा अध्यक्ष संजय यादवले घटना ढाकछोप गर्न घटनाको बेला उपस्थिति नरहेको शिक्षकहरूद्वारा हस्ताक्षरित बिज्ञप्ति जारी गरेको छ। घटना भएको दिन रामबालक यादव, शिवदयाल यादव, प्रमिला कुमारी यादव र बिन्देश्वर ठाकुर विद्यालय परिसरमा नरहेको प्रमाण खुलेको छ ।

श्रोतको अनुसार यी शिक्षकहरूलाई दबाबमा पारेर संजय यादवले बिज्ञपति जारी गरेको हो। पीडित पतिराम कानुनी प्रक्रियामा रहेको बुझिएको छ ।