सिराहा । सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर -१ स्थित जनता माध्यमिक प्राविधिक धार मा भएको घटना बारे नयाँ तथ्य सार्वजनिक भएको छ । वडा अध्यक्ष संजय यादवले घटना ढाकछोप गर्न घटनाको बेला उपस्थिति नरहेको शिक्षकहरूद्वारा हस्ताक्षरित बिज्ञप्ति जारी गरेको छ। घटना भएको दिन रामबालक यादव, शिवदयाल यादव, प्रमिला कुमारी यादव र बिन्देश्वर ठाकुर विद्यालय परिसरमा नरहेको प्रमाण खुलेको छ ।

श्रोतको अनुसार यी शिक्षकहरूलाई दबाबमा पारेर संजय यादवले बिज्ञपति जारी गरेको हो।

  केही दिन अगाडि वडा अध्यक्ष संजय यादवले  विद्यालयका एक शिक्षक पतिराम यादवलाई हातपात गरेका थिए । अध्यक्ष यादवले अनाहकमा गाली गलौज गर्दै शिक्षक पतिराम यादवको आँखा सुनिने गरि मुढकीले हानेको थियो। पीडित पतिराम कानुनी प्रक्रियामा रहेको बुझिएको छ ।