सिराहा । प्रहरीमा निवेदन दिएको भन्दै एक महिला माथि निर्घात कुटपिट गरिएको छ । लहान २३ गाढामा प्रहरीमा निवेदन किन दिइस् भन्दै ससुरा देवर मिलेर चैत्त १० गते राती संजुदेवी रामलाई फलामको रडले कुटपिट गर्दा रक्तामय भएकी छन् ।

संजुकी पति वैदेशिक रोजगारमा रहँदा ससुरा रामप्रसाद मोचीले संजुलाई पटक पटक कुटपिट गर्दै आएका थिए । संजुले आफ्नो ज्यान सुरक्षाको लागि ईलाका प्रहरी कार्यालय लहानमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएपछि ससुरा रामप्रसाद मोची, देवर ओम राम, महेश रामलगायतले कुटपिट गरि टाउँको फुटाइए दिएको छ ।

आमा संजुलाई संरक्षण गर्दा १२ बर्षीया प्रतिभा भने जीवछी रामलाई समेत उनीहरुले कुटपिट गरेको पीडितपक्षले बताए । घाईते संजुको उपचार लहानको एक अस्पतालमा भइरहेको छ भने ससुरा रामप्रसाद मोचीलाई चैत्त ११ गते ईलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेका छन् ।

देवर महेश र ओम फरार भएका छन् । छिमेकी रामसतीदेवी रामलाई कथित बोक्सीको आरोपमा समेत रामप्रसादपक्षले कुटपिट गर्दै आएको थियो । रामप्रसादले रामसतीदेवी बोक्सी हो उनको घर किन जाने गरेको हो ? भन्दै संजुलाई पटक पटक यातना दिने कुटपिट गर्दै आएको छ । साभार : नव संग्राम दैनिक