सिराहा । सिराहाको दक्षिणवर्ती क्षेत्रमा विभिन्न बहानामा रकम असुल्ने एक समुहको नाईके दास फरार रहेको सूचना प्राप्त भएको छ । रकम ठगी देखि लिएर लागुऔषध कोरेक्स ओसारपसारमा समेत नाम आईरहने नवराजपुर गाउँपालिकाका सुरेन्द्र दास(तत्मा) फरार रहेको प्रहरी स्रोतले खुलाएको छ ।

फरार दास विरुद्ध नेपाल पत्रकार महासंघ सिराहा शाखाले जिल्ला प्रहरी कार्यालय सिराहामा उजुरी दिएको दिनदेखि उनी फरार रहेको खुलेको छ । विभिन्न पेशाको खोल ओढी निर्दोष नागरिकलाई जागीर लगाई दिने, सरुवा - बढुवा गरिदिने आश्वासन दिई उनले लाखौं रकम ठगेको स्थानीयको गुनासो रहेको छ । हालै एक सशस्त्रका प्रहरी नायब निरीक्षकलाई  आफू पत्रकार रहेको भनी मोबाईल रिचार्ज गरिदिन अनुरोध गरेको अडियो सार्वजनिक भए लगत्तै पत्रकार महासंघ सिराहाको ध्यानाकर्षण भएको थियो । अडियो क्लिप बाहिरिए पछि महासंघले तुरुन्तै दास विरुद्ध जिल्ला प्रहरी कार्यालय सिराहामा उजुरी दिएका थिए ।

दास विरुद्ध दर्जनौंपटक उजुरी जिल्ला प्रशासन र प्रहरी कार्यालयमा आएपनी उनी पक्राउ नपर्नुमा प्रशासन र प्रहरी संगठन माथि प्रश्न तेर्सिएको छ ।

सिरहाको दक्षिणी भेग तिर पत्रकारिताको आडमा सरकारी निकायहरूसँग रकम असुल्न पल्केका दासलाई हालसम्म सिराहा प्रहरीले नियन्त्रणमा लिन सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीले फरार दासलाई खोज्दैछ उनी छिट्टै पक्राउ पर्नेछ ।