रासिन्द्र यादव
सप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिकामा मा भगवती युवा क्रिकेट टिमद्वारा आयोजित  वडा स्तरीय क्रिकेट खेलमा लाहानका न्युटन ईन्स्टिच्युटले अन्तिम खेल जितेको छ ।

सिराहा र सप्तरीका लाहान, पतारी, लालपुर, ईनर्वा, राजबिराज, रुपनी लगायत जम्मा १६ वटा टिम सहभागी भएको वडा स्तरीय खेलमा फाईनल खेल बलानपट्टी र न्युटन ईन्स्टिच्युट लाहान बिच भएको थियो । टस जितेर बलिङ रोजेको बलानपट्टीलाई लाहानले जम्मा १७२ रनको लक्ष्य दिएको थियो जसमा बलानपट्टीको टिम १६ ओभरमा ९० रन मात्र जोडेर अलआउट भएका थिए । कप बिजेता टिमलाई शिल्डको साथै ५१ हजार र दोस्रो विजेतालाई ३१ हजारको राशी प्रदान गरिएको थियो ।

उक्त खेलमा म्यान अफ द सिरिजको उपाधी बलानबिहुल १ का पंकज यादवले पाए भने उत्कृष्ट ब्याट्स म्यानको उपाधी लाहानका मुकेश यादव र बेस्ट बलरको उपाधी लाहानकै कुश मण्डलले पाए ।

कार्यक्रम बलानबिहुल वडा नम्बर १ का वडा अध्यक्ष रामकुमार यादवको प्रमुख आतिथ्यमा भएको थियो भने विशिस्ट अतिथिको रुपमा वडा सदस्य सन्जिव ठाकुर, उमा, धनिकलाल, अरबिन्द्र यादव, गुलदेव यादव, रामबृक्ष यादव लगायत सहभागी रहेका थिए ।