सिरहा ।  सिरहाको धनगढीमाई नगरपालिका १ मा रहेको साना किसान कृषि सहकारी संस्था लि. भवानीपुर प्र. ध. मा  तालाबन्दी गरिएको छ । अवैधानिक तवरमा नयाँ समिति गठन गरेको भन्दै बुधबार देखि कार्यालयमा तालाबन्दी गरिएको छ । तालाबन्दी गर्ने लक्ष्मी नारायण यादव लगायत दर्जनौं सदस्यले सहकारी केहि ब्यक्तिको मोनोपोली अनुसार चलाउन खोजिएपछि यस्तो कदम चालिएको बताए । 

 IMG_20210505_121806_resize_23

केन्द्रिय प्रतिनिधि खेम पाठक, जिल्ला प्रतिनिधि मागैन कामैत, सरोज कुमार यादवलगायत विभिन्न प्रतिनिधिले २०७७ चैत २९ गते अध्यक्ष पदको लागि लक्ष्मी नारायण यादवलाई सर्वसहमती द्वारा चयन गरेका थिए तथापि गलत राजनीतिले गर्दा यादवलाई पदच्युत गराई अन्यलाई बनाए पछि विवाद उत्कर्षमा पुगेको हो ।  

IMG_20210505_124911_resize_87

 प्रक्रियागत हिसाबले साविक भवानीपुर प्रधको नौ वटै वडाबाट एक एक जना संचालक समितिमा चुनिएर आउने प्रावधान अनुसार अध्यक्ष चयन गरिएको भएपनि ब्यक्तिगत स्वार्थका कारण उक्त समिति भंग गरिएको छ । 

IMG_20210505_123656_resize_65

अध्यक्ष लक्ष्मीनारायण यादवलाई साधारण सभाको बन्द सत्रमा अनुमोदन  नगराई पुनः नयाँ चुन्न लगाउने प्रक्रिया अगाडी बढाएकोमा यादवले आपती जनाएका थिए । उनले आफू माथि अन्याय भएको बताए । 

IMG_20210505_125432_resize_7

अध्यक्ष यादवले  सधारण सभा, बन्द सत्र र उनीलाई चयन गरीए दिनको निर्णय प्रतिलिपि माँग गरेका छन । सो निर्णय प्रतिलिपी दिन बहानेबाजी गरेको कारणले तालाबन्दी गर्नुपरेको यादवले बताए ।