सिरहा । विजयादशमीको शुभकामनाले सामाजिक संजाल रङ्गीचङ्गी भईरहेको बेला केहि ब्यक्तित्वहरुले भने अलग ढंगले शुभकामना आदानप्रदान गरिरहेको देखिएको छ । केहि ले सामाजिक कार्य गर्दै शुभकामना आदानप्रदान गरेका छन त केहिले भोज भतेर गरेर ।

प्रदेश-२ का उधोग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल आफ्नो रचनात्मक जिवनशैलीले गर्दा युवापिढीकोलागी प्रेरणाका स्रोत बनेका छन । वृक्षारोपण गरि जन्मदिन मनाउने, पर्वको पुर्व सन्ध्यामा सरसफाईमा लाग्ने लगायतका नयाँ तथा रचनात्मक तालिकाले गर्दा मन्त्री मण्डल अरु भन्दा फरक भएको विधार्थीवर्गहरु बताउँछन् ।

आफ्नो कार्यकालको प्रारम्भ देखि नै अधिकांश समय आफ्नो चुनावी क्षेत्रमा बिताएका मन्त्री मण्डलले बिकासको मामिलामा समेत उदाहरणीय काम गरेको कल्याणपुरका स्थानीयले बताए । मण्डलले दुर्गापुजाको अवसरमा घटस्थापनाको पूर्वसंध्यामा माँ दुर्गा युवा क्लब कल्याणपुर र संघर्षशील युवा संस्था रजोखैर सिरहाद्वारा आयोजित बृहत सरसफाई कार्यक्रममा सहभागी हुँदै आफ्नो क्षेत्रवासी लगायत सम्पुर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन । उनले सरसफाईमा सहभागी सम्पूर्णलाई धन्यवाद दिदै आभार प्रकट गरेका थिए ।

हालै मन्त्री मण्डलको पहलमा सिरहाको मिर्चैया– कल्याणपुर–सिरहा सडक मर्मत सुरु भएको छ । करिब २४ किलोमिटरको मिर्चैया– कल्याणपुर– सिरहा सडकको अवस्था दयनीय भएपछि उनकै पहलमा मर्मत सम्भार शुरु गरिएको हो ।

121631088_750586452338715_5727111487957332422_n