समाज

    Showing ५१-६० of १२० items.
  • लाहान नगरपालिकाद्वारा १ अर्ब २६ करोड ९१ लाखको बजेट प्रस्तुत

    लाहान । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि बजेट १ अर्ब २६ करोड ९१ लाख ३० हजार बजेट प्रस्ताव गरेको छ । शुक्रबार भएको १० औं नगर सभामा नगर प्रमुख महेश प्रसाद चौधरीले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट प्रस्ताव गरेको छ । लहान नगरपालिकाको १० औं नगर सभाको प्रमुख अतिथि संघीय सरकारका खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनामा स्थानीयको जनश्रमदान अनिवार्य गरेको नीतिले उपभोक्ताबाट हुने काम प्रभावित हुने गरेको बताएका छन् । उनले आफ्नो कार्यकालमा जनश्रमदान नीति हटाउने र त्यसको प्रत्यक्ष फायदा तराई मधेशको ४० प्रतिशत जनताले शुद्ध

    • प्रकाशित मितिः असार ११, २०७९
    • ४२२ पटक पढिएको
    • धर्तीमाई
  • समृद्ध लाहान बनाउन मेयर चौधरीले ल्याए यस्तो योजना

    लाहान । लहान नगरपालिकालाई समृद्ध नगर बनाउन मेयर महेश चौधरीले विभिन्न योजनालाई मुर्तरुप दिने भएको छ। उनका भिजनरी योजनाहरु आज बस्ने नगरसभाबाट पारित हुने भनिएको छ ।मेयर चौधरीले भने 'कथित दलित समुदाय शिक्षा, स्वास्थ र रोजगारीको सवालमा वर्षौं देखि अपहेलित छन् । लाहान नगरपालिका दलित बाहुल्य नगर भएतापनी यहाँको अवस्था झन उदेकलाग्दो छ ।'मेयर चौधरीले दलित बिपन्न समुदायमा शिक्षाको स्तर उन्नतिका निम्ति विशेष योजना ल्याउने भएको छ । उनको अनुसार ४० घरधुरी भएको दलित बस्तीमा बिहान र बेलुका दुई पटक २/२ घन्टा गरि बालबालिकाको लागि टयुसन संचालन गरिनेछ । त्यसैगरी दलित, गरिव र विपन्न परिवारका लागि नगरपालिकाबाट

    • प्रकाशित मितिः असार १०, २०७९
    • ३९७ पटक पढिएको
    • धर्तीमाई
  • अस्पतालका सेवाग्राही माथी अभद्र व्यवहार गर्ने कर्मचारी महतो गिरफ्तार

    सिराहा । लहान अस्पतालका एक कर्मचारीले आफ्नो सेवाग्राहीमाथि गरेको अभद्र व्यवहारका कारण पक्राउ परेका छन् । सेवा लिने क्रममा सेवाग्राहीलाई नेपालीमा अश्लील गाली गर्ने प्रादेशिक अस्पताल लाहानका नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन ।  सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले ना.सु महतोलाई गुनासो गर्न जादा सामान्य भनाभन पछि चर्काचर्की भएको बताईएको छ। त्यसै क्रममा महतोले उक्त सेवाग्राहीलाई अपशब्द भनेका थिए । अस्पताल प्रशानको चर्को विरोध पछि ईप्रका लाहानले कर्मचारी महतोलाई गिरफ्तार गरेको डिएसपी कुमार मैनालीले जानकारी दिएका छन् । 

    • प्रकाशित मितिः असार ९, २०७९
    • ५,८३२ पटक पढिएको
    • धर्तीमाई
  • मन्दिर प्रकरणमा वडा अध्यक्ष यादवले भने : सामान्य मुद्दामाथी राजनैतिक रंग लगाईयो

    लाहान । सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर - ३ मा हालै चुलिएको मन्दिर विवादलाई राजनीतिकरण गरिएको भनी वडा अध्यक्ष बन्सीलाल यादवले प्रतिक्रिया दिएका छन् ।उक्त वडाकै एक स्थानीय किसान उग्रदेव महतोमाथि आफुले कुनै किसिमको दुर्ववहार नगरेको दावी गर्दै अध्यक्ष यादवले भने 'यदि मैले कसैमाथि कुनै प्रकारको दुर्ववहार गरेको प्रमाणीत भएमा नेपालको प्रचलित ऐन कानुन अनुसार कार्यवाही भोग्न तयार छु।'अध्यक्ष यादवमाथि गएको विहिवार महतोलाई निर्घात कुटपिट गरेको आरोप लागेको थियो । मन्दिर निर्माणको बिषयमा विवाद भएपछि  जगतपुर टोलका स्थानीय उग्रदेव महतोले आफुलाई वडा अध्यक्ष यादवले कुटपिट गरेको भन्दै पत्रकार सम्मेल

    • प्रकाशित मितिः असार ५, २०७९
    • ७६९ पटक पढिएको
    • धर्तीमाई
  • मन्दिर निर्माणको विषयलाई लिएर वडा अध्यक्ष यादवले एक किसानलाई पिटे

    लाहान । सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर - ३ का वडा अध्यक्ष बंशिलाल यादवले गएको विहिवार एक स्थानीय किसानलाई निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ । मन्दिर निर्माणको बिषयमा सामन्य विवाद भएपछि  जगतपुर टोलका स्थानीय उग्रदेव महतोलाई वडा अध्यक्ष यादवले कुटपिट गरेको हो । पत्रकार सम्मेलन गरि पीडित महतोले भने, 'मैले वडा अध्यक्ष यादवलाई बिच बाटोमा मन्दिर निर्माण नगर्नुस् भने।,भन्ने बित्तिकै उनले मलाई थप्पड हिर्काउन थाले । मन्दिरका लागि नजिकै पर्याप्त रुपमा जग्गा छ, सो ठाउँमा मैले वडा अध्यक्षलाई मन्दिर निर्माण गर्न भनेको थिए, महतोले पत्रकारलाई सुनाए । थप्पडले उनको गालामा निलडाम भएको र ओठ

    • प्रकाशित मितिः असार ४, २०७९
    • ७९८ पटक पढिएको
    • धर्तीमाई
  • बलान बिहुल : पहिलो कार्यपालिका बैठकले गरे यी महत्त्वपूर्ण निर्णयहरु

    रासिन्द्र यादवसप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका ले पहिलो बैठकद्वारा विभिन्न निर्णयहरु लिएका छन् । पालिका अध्यक्ष खेमचन्द्र यादवको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले सो निर्णयहरु गरेका हुन् । बैठकमा कभर्ड हल सम्बन्धि पुर्वका नेतृत्वले गरेको निर्णयलाई बदर गरिए संगै नयाँ निर्णय लिईएको छ । निर्णय अनुसार कभर्ड हल पालिकाको नवनिर्मित भवनको उत्तरपट्टी र बलानको कुलो पैनी देखि दक्षिणमा रहेको खाली जग्गामा बनाउने भएको छ त्यसको लागि प्रदेश सरकारलाई पत्र पठाउने निर्णय गरिएको छ ।प्रधानमन्त्री स्वरोजगार योजनालाई सम्बन्धित वडा अध्यक्षको नेतृत्व तथा कामदारहरु बाट नै समिति बनाई कार्य संचालन गर्

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • १,२४५ पटक पढिएको
    • धर्तीमाई
  • निर्वाचित पश्चात् पनि समाजसेवामा समर्पित लाहान प्रमुख

    मनोज बनैता सिराहा । सिराहाको लाहान नगरपालिका प्रमुख महेश चौधरीले समाजसेवा कामलाई निरन्तरता दिएको छ। एक असल समाजसेवीको रुपमा परिचीत मेयर चौधरीले गरिब, दलित तथा विपन्नवर्गलाई राहत बाड्न लहान २४ स्थित  खप्टेडाँडा पुगेका थिए । प्राप्त जानकारी अनुसार प्रमुख चौधरीले १० किलो चामल, एक पैकेट नुन, तेल र दाल गरेर खप्टेडाँडाका जम्मा ७० घरपरिवारलाई राहत उपलब्ध गराएका छन् । कोरोना माहामारीको समय देखि गरीब विपन्नलाई राहत बाडने अभियान चलाएका चौधरीले आफ्नो स्वर्गीय पत्नी संगिता कर्माचार्यको सम्झनामा हरेक महिना २२ गते विपन्न वस्तीमा विभिन्न समाग्री सहयोग गर्दै आइरहेको छ । कार्यभार सम्भालेकै दिन मेयर

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • ४१७ पटक पढिएको
    • धर्तीमाई
  • नगरलाई हराभरा बनाउने मेयर महतोको प्रतिबद्धता

    मनोज बनैता सिराहा। सिराहाको धनगढीमाई नगरपालिकाका नवनिर्वाचित मेयर शिवशंकर महतोले नगर हराभरा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण गर्दै मेयर महतोले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन । बढ्दो बजारीकरणले गर्दा जंगल फडानी हुने तथा प्रदुषणको समस्या यथावत रहेको छ तसर्थ  सम्पुर्ण नगरवासीले वृक्षारोपणमा ध्यान दिनुपर्ने  अहिलेको आवश्यकता हो, उनले भने । मेयर महतो ले थप्दै भने 'पर्यावरण सन्तुलित भए मात्र हाम्रो जिवन सन्तुलित हुने हो ।'  विश्व वातावरण दिवसको अवसरमा आईतवार धनगढिमाई १२ स्थित  तुसडोमाबि मा बृक्षरोपण गर्दै मेयर महतोले त्यसतो भनेका ह

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • ३९४ पटक पढिएको
    • धर्तीमाई
  • पालिकाद्वारा सम्पुर्ण सेवा सुविधा जनचाहना बमोजिम प्रदान गर्ने निर्णय : शिव उदगार यादव

    सिराहा । सिराहाको दक्षिणवर्ती गाउँपालिका नवराजपुरले पहिलो बैठकबाट विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ। जसपा बाट नवनिर्वाचित गाउँपालिका अध्यक्ष शिव उदगार यादव(शिवा) ले पालिकाद्वारा सम्पुर्ण सेवा सुविधा जनचाहना बमोजिम प्रदान गर्ने उदघोष गरेका छन् । जेठ ६ गते बसेको पहिलो बैठकले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी विधालयमा गुणस्तर शिक्षाको लागि पुर्वाधारको ब्यवस्था गर्ने निर्णय गरेको छ । त्यसैगरी कृषि क्षेत्रको बिकासका लागि कृषकहरूलाई नि:शुल्क कृषि मिटर उपलब्ध र सोको शुल्क भुक्तानीको ब्यवस्थापन गर्ने निर्णय गरेको छ । विपन्न सुत्केरी महिलाका लागि आर्थिक सहयोग, पालिकावासीको लागि जिल्लाभरी नि:

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • ५३४ पटक पढिएको
    • धर्तीमाई
  • अधिकृतकै इसारामा सरकारी गाडीको दुरुपयोग, दिनमा कार्यालयको काम राति बराती

    रासिन्द्र यादवसप्तरी । बलान बिहुल गाउँपालिका कार्यालयको गाडीको चरम दुरुपयोग भएको खुलेको छ। गाउँपालिकाद्वारा निर्वाचन अधिकृतको कार्यालयलाई दिईएको गाडी स.१झ ५२० दिनभर निर्वाचनको काम र राति- राति जन्ती बोकेर जानेगरेको स्रोतले जनाएको छ । स्थानीयले गाडीको दुरुपयोग कुनै नयाँ खबर नभएको भन्दै गुनासो गरे । यस विषयमा सोध्दा निर्वाचन कार्यालयका सहायक अधिकृत कुमार सुबेदीले भने 'मैले पनि त्यस्तै सुने, संबंधित कर्मचारी संग बुझ्नु पर्ला ।' अधिकृत भुपेन्द्र कोईरालाको अनुसार ड्राईभर भोज खान गएको हुन सक्ने बताए । उनले यस विषयमा सोधपुछ गरेर भन्ने बताए । उता दुधको साक्षी बिरालो भने झैं बलान बिहुलका निमित्त प्रशा

    • प्रकाशित मितिः बैशाख २०, २०७९
    • ७८० पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]