समाज

    Showing ४१-५० of १२० items.
  • मेयर चौधरीद्वारा लाहानमा कृष्ण मन्दिर उद्घाटन

    बिरु यादव सिराहा । कृष्ण जन्माष्ठमीको अवसरमा लाहानमा राधाकृष्ण मन्दिरको उद्घाटन गरिएको छ। ७९ लाखको कुल लागतमा निर्माण भएको उक्त मन्दिर लाहान नगरपालिका प्रमुख महेश चौधरीले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्दिर संरक्षण समितिका अध्यक्ष छायाँ चौधरी, जिल्ला उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष बिकाश सारडा, लहान नगरपालिकाका प्रवक्ता रमेश गौतम, लहान क्यान्सर केयर सेन्टरका अध्यक्ष अशोक लाल अमात्य, प्राध्यापक उद्धव हमाल लगायत रहेका थिए ।  उद्घाटन सत्रमा बोल्दै मेयर चौधरीले नगर बाहिरबाट आउने भक्तजनहरुको लागि नगरपालिकाले आवासको ब्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।  

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • २७७ पटक पढिएको
    • धर्तीमाई
  • १०६ वर्षीया गोईतको उदाहरणीय जिवन यात्रा

    रासिन्द्र यादवसप्तरी चन्ही चौकको एक कठघारामा चाउचाउ, बिस्कुट बेच्दै गरेकी उनको अनुहार चाउरी परको छ। खुट्टा भाँचिएको छ । मुखमा दाँत छैन। जोडले बोल्दा मात्र सुन्ने । आँखा पनि राम्रो नदेख्ने । बलान बिहुल गाउँपालिका वडा न. २ चन्ही टोलकी १०६ वर्षीया मंगली देवी गोईत हेर्दा कमजोर देखिए पनि उनको काम गर्ने शक्ति र जाँगर भने कम भएको छैन। आफैले सानो पसलको रुपमा रहेको कठघारामा बसेर दिनभर सामान बेचेर दैनिकी टार्ने गर्छिन् मंगली ।   बाल्यकालमै बिहे गरेर चन्ही बस्न थालेकी मंगलीको दुई छोरा र दुई छोरी गरी चारजना सन्तान छन् । उनको श्रीमान भुटाई गोईत ४५ वर्षको उमेरमा स्वर्गवास भए । उतिबेला उनको दुई छोरा जि

    • प्रकाशित मितिः श्रावण ३१, २०७९
    • १,७१९ पटक पढिएको
    • धर्तीमाई
  • लाहानमा एक एम्बुलेन्सबाट भारीमात्रामा गाजा बरामद

    मनोज बनैता सिराहा । लाहानमा एक एम्बुलेन्सबाट भारी मात्रामा प्रतिबन्धित गाजा बरामद भएको छ । गोप्य सूचनाको आधारमा एक एम्बुलेन्सको खानतलासी गर्दा ९० किलो गाजा बरामद भएको हो । ईप्रका लाहानका ईन्चार्ज डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित गाजा बरामद गरेको हो । लहानकाे ट्राफिक चौकबाट काे १ च ७५७७ नं. काे एम्बुलेन्समा लाेड गरि लगिरहेकाे अवस्थामा ९० के.जी. गाँजा सहित चालक पक्राउ परेको जानकारी प्राप्त भएको छ । डिएसपी मैनालीले अनुसन्धान जारी छ अन्य विवरण जिल्लाले दिने बताए। 

    • प्रकाशित मितिः श्रावण ३०, २०७९
    • ८७९ पटक पढिएको
    • धर्तीमाई
  • फ्रेन्ड्स अस्पताल सम्बन्धि भाईरल झुठ, मन्जुरीमै शल्यक्रिया भएको तथ्य साबित

    बिरु यादव सिराहा। केहिदिन अगाडि सामाजिक संजाल मार्फत भाईरल गरिएको फ्रेन्डस अस्पताल सम्बन्धि घटनाको सत्यतथ्य खुलेको छ । झुठ न.१ : भाईरल गरिएको सूचना अनुसार सिरहाको सुखीपुर नगरपालिका दहीपौडीका रमेश कुमार यादवका श्रीमती सरिता कुमारी यादव श्रावण २२ गते राती १ बजे गर्भवती अवस्था अस्पताल भर्ना भएकी थिईन तर त्यो सत्य होईन । उनको भर्ना साउन २२ गते राती ११: ३० मा भएको थियो । झुठ न. २ : सार्वजनिक सूचना अनुसार अस्पतालका डाक्टर बिरेन्द्र कुमार यादवले बिरामी पक्षको असहमतिमा अप्रेसन गरेको थियो तर त्यो सत्य होईन । शल्यक्रिया गर्नका लागि बिरामीको अभिभावकको मन्जुरी हुनुपर्ने फारममा बिरामी सरिता कुमारी याद

    • प्रकाशित मितिः श्रावण २७, २०७९
    • २९८ पटक पढिएको
    • धर्तीमाई
  • बिद्यालयमा सूचना अधिकारी तोक्न सिडियोको आदेश

    सिराहा । सामुदायिक बिद्यालयहरुमा सूचना अधिकारी तोक्न सिरहाका प्रमुख जिल्ला अधिकारीले आदेश गरेको छ । सूचनाका अभियन्ता परशुराम साहले ,सूचनाको हक सम्बन्धि ऐन, नियमावलीमा भएको ब्यवस्था कार्यान्वयनका लागि सम्बन्धित निकायमा परिपत्र गर्न जिल्ला प्रशासन कार्यालय सिरहामा  लिखित निबेदन दिएपछि प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले त्यस्तो आदेश गरेको हो । प्रजिअ कवाडीले, सामुदायिक बिद्यालयहरुलाइ ऐनमा भएको ब्यवस्था कार्यान्वयनका लागी सामुदायिक बिद्यालयहरुलाइ निर्देशन दिन शिक्षा बिकास तथा समन्वय इकाइलाइ आदेश दिइएको हो । सूचनाको हक सम्बन्धि ऐन ,२०६४ को दफा ६ को उपदफा १ र सूचनाको हक सम्बन्धि नियमाव

    • प्रकाशित मितिः श्रावण २७, २०७९
    • ५,९९८ पटक पढिएको
    • धर्तीमाई
  • एकता (कविता)

                        एकता  (कविता)                                      --- पुस्पा साह जाति अनुसार फरक छ नेपालको संस्कृति छन जनता यहाँका सार्है नै मिहिनेती हिन्दुको दशैंमा मुस्लिमले हेर्ने मुस्लिमको ईदमा हिन्दुले रमाउने । हाम्रो नेपाल उपहार सहिदको बस्छन् मानिस यहाँ थरीथरीको बस्छन् विभिन्न मानिस जातजातिका हुनुपर्छ यहाँ सबैमा एकता। हाम्रो देशको वातावरण शान्त छ यहाँ सबैले बुद्धलाई मान्छ सहिदको सपनालाई साकार पार मानिस मानिसमा विभेद नपार

    • प्रकाशित मितिः श्रावण १८, २०७९
    • १८८ पटक पढिएको
    • धर्तीमाई
  • गाउँनै कटानको जोखिममा, मेयर चौधरीको निर्देशन पछि तटबन्ध कार्य तिब्र

    सिराहा । सिराहाको लाहान नगरपालिकाले बलान नदिमा तटबन्ध कार्य शुरु गरेको छ । लाहान -२३ मा पर्ने करैया, तिलेबोना लगायतका गाउँ कटानको उच्च जोखिममा रहेको भन्दै २ किलोमिटर लामो तटबन्ध कार्यले तिब्रता लिएको हो । लाहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले आफ्नो 'क्विक रेसपोन्स टोली' खटाएर तत्कालै बलान खोलामा बाँध लगाउन निर्देशन दिएको हो । बलान नदिको धार पश्चिम तिर फर्केर सम्पुर्ण गाउँनै सखाप पार्न लाग्दा अस्थायी सामाधानका निम्ति बाँध हाल्न लागेको मेयर चौधरीले बताएको छ्  । तटबन्धले नदिको धार परिवर्तन भई पुर्वपट्टी फर्किएको भन्दै स्थानीय गाउँवासी हर्षित्त भएका छन् । कैयौं वर्षको कटानले सिराहा हज

    • प्रकाशित मितिः श्रावण ६, २०७९
    • ४९० पटक पढिएको
    • धर्तीमाई
  • जिल्ला उद्योग वाणिज्य संघ लाहान सिराहामा शारडा प्यानल निर्वाचित

    सिराहा । जिल्ला उद्योग वाणिज्य संघ सिराहाको निर्वाचनमा विकास शारडाले प्यानल सहित विजय हासिल गरेको छ । असार १७ गते भएको निर्वाचनको मतगणनाका परिणामस्वरूप शारडाका प्यानल विजयी भएका हुन।शारडा आफ्ना निकटतम प्रतिद्वन्द्वी पशुपति साह भन्दा २२६ को मतान्तरले विजय भएको हो । शारडाले १५२७ ल्याएर पहिलो र उनका प्रतिद्वन्दी पशुपति साहले १३०१ मत ल्याई दोश्रो भएका हुन ।त्यसैगरी प्रथम उपाध्यक्षमा शत्रुधन प्रसाद चौधरीले १५७१, द्वितीय उपाध्यक्षमा राम भजन पजियारले १५८०, महासचिवमा श्याम गुप्ताले १४८९, कोषाध्यक्षमा राम उदगार महतोले १५८५, सचिवमा प्रदिप कुमार गुप्ताले १५५९ ल्याई विजय हासिल गरेका छन् ।उता सदस्यमा मनोज

    • प्रकाशित मितिः असार १९, २०७९
    • ४९२ पटक पढिएको
    • धर्तीमाई
  • सप्तरी : चन्हीमा बन्नेभयो १५ बेडको अस्पताल, शिलान्यास सम्पन्न

    रासिन्द्र यादव सप्तरी । सप्तरीको दक्षिणवर्ती गाउँपालिका बलान बिहुलमा १५ सैयाको अस्पताल निर्माण हुने भएको छ् । अस्पताल निर्माणका निम्ति गा.पा अध्यक्ष खेमचन्द्र यादवले शिलान्यास गरेका छन् । प्राप्त जानकारी अनुसार बलान बिहुल- २ स्थित चन्हीको दुर्गा मन्दिरकै छेउमा अस्पताल निर्माण हुनलागेको हो । मन्दिरको अगाडिपट्टीको खाली जग्गामा १५ सैयाको अस्पताल निर्माणको लागि झण्डै १५ करोडको लागतमा २ बर्षभित्र सुबिधा समपन्न अस्पताल बलान विहुल बासीले पाउनु खुशीको कुरा भएको अध्यक्ष यादवले बताए । शिलान्यास कार्यक्रममा अध्यक्ष यादव लगायत नेकपा एमालेका प्रत्यासी पालिका अध्यक्ष अरुण कुमार गोईत(मुखिया जी), स्थानीय

    • प्रकाशित मितिः असार १५, २०७९
    • ४३० पटक पढिएको
    • धर्तीमाई
  • बोक्सी भन्दै प्रताडित गर्ने दुई पक्राउ

    सिराहा । सिराहाको दक्षिणवर्ती गाउँपालिका भगवानपुरमा एक महिलालाई बोक्सी भन्दै प्रताडित गर्ने दुईजना महिला पक्राउ परेका छन् । बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा २ जना स्थानिय महिला पक्राउ परेको हो । भगवानपुर ४ स्थित ठाडी निवासी ६० वर्षीया आतिका देवी कामैतलाई बोक्सी भन्दै मलमुत्र खुवाएको आरोपमा स्थानीय ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह पक्राउ परेकी छिन् । पक्राउ परेका दुवैजना माथि बोक्सी आरोप कसुरमा मुद्दा दर्ता गरि ईप्रका लाहानमा राखिएको प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जनाएको छ । प्रहरीको अनुसार थप अनुसन्धान जारी छ । 

    • प्रकाशित मितिः असार १३, २०७९
    • २३० पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]