शिक्षा

    Showing २१-३० of ७१ items.
  • धैर्यता र परिश्रमको टुसाबाट पलाएको भरत यादवको जीवन यात्रा

    सिराहा । कडा मिहिनेत, धैर्यता र सकारात्मक सोचले जिवनको वास्तविक गन्तव्य सम्म डोर्‍याउन मद्दत गर्छ । निम्न वर्गीय किसान परिवारका अधिकांश युवाहरू आर्थिक भारका कारण शैक्षिक यात्रालाई बिचमै बिराम दिई आफ्नै पुर्खौली पेशा अंगाल्ने गरेका छन्  त कतिपय खाडी मुलुक जाने होडमा हुन्छन् ।कडा परिश्रम र आत्मबल मजबुत रहने हो भने आफ्नै देशमा पनि प्रगतिको चुचुरो चुम्न सकिन्छ जसको एक ज्वलन्त उदाहरण हो एक निजी विद्यालयका प्रधानाध्यापक भरत यादव । २०३२ साल ११ महिना १७ गते सिराहाको झिझौल(हाल बरियारपट्टी-५) गाउँमा जन्मेको यादव एक निम्न वर्गीय किसान परिवारका छोरा हुन् । बुवा लक्ष्मीनारायण यादव र आमा भोला देवी यादव

    • प्रकाशित मितिः फाल्गुन ९, २०७९
    • १,७३४ पटक पढिएको
    • धर्तीमाई
  • अदालतको अवज्ञा गर्दै विद्यालयमा प्रधानाध्यापक नियुक्ति, ठुलो आर्थिक सेटिङ्को आशंका

    सिराहा । अदालतको आदेशलाई अवज्ञा गर्दै सप्तरीको एक विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया पूरा गरेको छ। सप्तरी जिल्ला सुरुङ्गा नगर पालिका स्थित मसिलाल जनता माध्यमिक (प्राविधिकं) विद्यालयमा उच्च अदालतको परमादेश विरुद्ध प्रधानाध्यापक नियुक्तिको प्रक्रिया शुरु गरिएको हो ।आइतवार माघ १५ गते जनकपुर राजविराज उच्च अदालतले निवेदक श्याम नन्दन साहको रीट निवेदन माथि सुनवाइ गर्दै सो विद्यालयलाई प्रधानाध्यपक नियुक्तिको कुनै पनि प्रक्रिया नगर्नु/नगराउनु भनी परमादेश जारी गर्दा पनि सो आदेश विपरित आज सोमवार विद्यालयले प्रधानाध्यपकको नियुक्तीको लागि अन्तवार्ता सञ्चालन गर्न लागेको निवेदक साहले बताएका छन् ।उच्

    • प्रकाशित मितिः माघ १६, २०७९
    • ३५० पटक पढिएको
    • धर्तीमाई
  • रामनगरमा स्वच्छ दूध संकलन तथा प्रशाेधन सम्बन्धि सार्वजनिक सुनवाई सम्पन्न

    रासिन्द्र यादव, सप्तरी, २६ कार्तिक । सप्तरीको बलान बिहुल गाउँपालिका ५ रामनगरमा स्वच्छ दूध संकलग्न तथा प्रशाेधन सम्बन्धि सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल लाईभस्टक सेक्टर ईनाेभेसन आयाेजना र रामनगर साना किसान कृषि सहकारी संस्था लि. बलान बिहुल गा.पा. ५ को लागतमा स्वच्छ दूध संकलग्न तथा प्रशाेधन उप-आयोजना सम्बन्धि दोस्रो सार्वजनिक सुनवाई सम्पन्न भएको छ । सार्वजनिक सुनवाई कार्यक्रममा रामनगर साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष रामचन्द्र यादवले संस्थाको बारेमा विशेष जानकारी गराएको थियो । कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गा०पा० अध्यक्ष खेमचन्द्र यादवले आफ्नो कार्यका

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • १२० पटक पढिएको
    • धर्तीमाई
  • शिक्षक संघको चेतावनी ----" सूचना उपलब्ध नगराए आन्दोलन गर्छौ"

    सिरहा/ नेपाल शिक्षक संघ ,सिरहाले मांग गरिएको सूचना उपलब्ध न गराए शिक्षा बिकास तथा समन्वय इकाई ,सिरहाको बिरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन । शिक्षक संघले प्रेस बिज्ञप्ति मार्फत मांग गरिएको सूचना २ दिनभित्र उपलब्ध न गराए आफुहरु इकाइको बिरुद्द आन्दोलनमा जान बाध्य हुने बताएका छन।        इकाइ प्रमुख रामबृक्ष महतोको संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले शिक्षक कितावखानामा सरुवा गरिसकेको अवस्थामा, शिक्षाका बिचौलियाहरु मार्फत जिल्लान्तर सरुवाका लागि रकम उठाउन थालेको  आरोप लगाएका छन । इकाइ प्रमुख महतोले, यस अघि पालिकाहरुले दरवन्दी मिलान गर्न न सकेको र बिद्या

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • ६०२ पटक पढिएको
    • धर्तीमाई
  • एन प्याब्सनका केन्द्रिय अध्यक्ष हमाल नेपाल प्रहरी श्रीमती संघद्वारा सम्मानित

    काठमाडौँ – नेपाल प्रहरी श्रीमती संघ भृकुटिमण्डप काठमाडौँले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन.प्याब्सन)का अध्यक्ष पाण्डव हमाललाई सम्मान गरेको छ । नेपाल प्रहरी श्रीमति संघको ३८औँ वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष हमाल सम्मानि भएका हुन् । नेपालमा संस्थागत विद्यालयको शैक्षिक वातावरणलाई नजिकबाट नियाल्दै बालबालिकाको स्वर्णिम भविष्य कोर्न देशभरि अहम भूमिका निर्वाह गरेर समाजमा सकारात्मक परिवर्तनमा संस्थागत विद्यालयको तर्फबाट गरेको योगदानको मुल्यांकन गर्दै संघले अध्यक्ष हमाललाई सम्मानित गरेको हो । कार्यक्रममा प्रहरी प्रशासनका उच्च अधिकारीहरुको

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • २४१ पटक पढिएको
    • धर्तीमाई
  • लाहानको एलएमसी कलेजमा कानुन विषयको पढाई शुरु

    सिराहा । सिराहाको लाहान स्थित एलएमसी कलेजले कक्षा ११ र १२ मा कानुन विषय अध्यापन गराउने भएको छ । एसइईपछिको यात्रामा कानुन विषय अध्ययनसमेत उपयुक्त विकल्प बनेको छ । कक्षा ११ मा कानुन विषयका अध्यापन धेरै पुरानो नभए पनि कानुनको सम्बन्धन लिन चाहने संस्था र अध्ययन गर्न चाहने विद्यार्थीको आकर्षणसमेत बढेको छ । कक्षा ११ र १२ मा कानुन पढेका विद्यार्थीलाई स्नातक अध्ययनमा सहज हुने र अध्ययनपछि रोजगारी वा स्वरोजगार बन्न सक्ने भएकाले पनि विद्यार्थीको आकर्षण रहेको छ ।  एलएमसी कलेजका पृन्सिपल मनोज कर्णको अनुसार अहिले दुईवटा कक्षामा गरी ६०० पूर्णांकको कानुन विषय पढेको हुन्छ । कक्षा ११ मा ३०० पूर्णांकको कान

    • प्रकाशित मितिः श्रावण २९, २०७९
    • २,०३५ पटक पढिएको
    • धर्तीमाई
  • राहत कोटाको परिक्षामा ब्यापक धाधली, पुनःपरिक्षाको माग

    सिराहा । लाहान स्थित मा.वी पडरियामा शिक्षक पदपूर्तिका लागि बुधबार लिईएको परिक्षामा ब्यापक रुपमा धाधली भएको आरोप लागेको छ । गणित, नेपाली र अङ्ग्रेजी बिषयको लागि शिक्षक छनौट प्रक्रिया अमर्यादित भएको भन्दै परिक्षार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । राहत कोटाका लागि २ वर्ष अगाडि फर्म भरेका परिक्षार्थीहरुको परिक्षा हिजो बुधबार बिहान ८ बजे भनिएपनी उक्त समयमा परिक्षा संचालन नभई ११:४० मा भएको सहभागीहरुको गुनासो रहेको छ। परिक्षाको न्युनतम प्रक्रिया पनि नपुर्याई हचुवाको भरमा परिक्षा लिएको, परिक्षाको केहि मिनेट अगाडि मात्र फोटो खिचाई प्रवेश पत्र बाडेको, पुर्व सेटिङको आधारमा परिक्षाफल प्रकाशित गरेको लगा

    • प्रकाशित मितिः श्रावण ५, २०७९
    • ७६८ पटक पढिएको
    • धर्तीमाई
  • भगवानपुरमा बिद्यालय सुरक्षा प्याकेज कार्यक्रम सम्पन्न

    रासिन्द्र यादव, सप्तरी, ०४ श्रावण ।सिरहाको भगवानपुरमा "विपतको पुर्व तयारी, हामी सबैको जिम्मेवारी" नारा सहित बृहत् बिद्यालय सुरक्षा न्युनतम प्याकेज सम्बन्धि अन्तरक्रिया कार्याक्रम सम्पन्न भएको छ ।बिद्यालयमा आईपर्ने समस्याहरुको समाधान गर्न न्युनतम रुपमा अबलम्बन गरिएको उपाय सम्बन्धि प्रशिक्षण दिईएको छ । सहभागीहरुलाई स्वच्छ खानेपानी, शौचालय, खेलकुद सामग्रीको उचित व्यबस्था, सरसफाइ, शैक्षिक सामग्रीको उचित व्यवस्थापन र बालमैत्रि कक्षा कोठा लगायतको विषयमा जानकारी गराईएको थियो ।भगवानपुर गाउँपालिकाको आयोजना तथा युनिसेफको सहयोगमा भएको कार्यक्रममा ४६ जना शिक्षकहरुको सहभागिता रहेको थियो । दुई दिनसम्म चलेको

    • प्रकाशित मितिः श्रावण ४, २०७९
    • १९८ पटक पढिएको
    • धर्तीमाई
  • बलान बिहुलका सम्पुर्ण विद्यालयलाई प्रविधि संग जोडछु : अध्यक्ष यादव

    रासिन्द्र यादव सप्तरी । अहिलेको शिक्षालाई प्रविधि संग नजोडे सिकाउने प्रक्रियामा नवीनतम आयामहरु थपिन नसकिने बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले बताएका छन्। प्रविधिको प्रयोगले आजको विधार्थीले भोलि गएर आफ्नो अस्तित्व स्थापित गर्न र युगानुकूल ज्ञानको संसारमा छुट्टै पहिचान बनाउन सक्ने अध्यक्ष यादवले जिकिर गरे । बलान बिहुल- ६ सेहरा- रौतहटमा अवस्थित जा.गा.ज.मा.वि ले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गा.पा अध्यक्षले त्यसो भनेका हुन । यादवले  भने 'शिक्षामा प्रविधिको प्रयोगलाई अर्थपूर्ण रूपमा हेर्नुपर्छ ।" आउने केहि दिनमै सेहरा मा.वि. लगायत अन्य विद्यालयहरुमा ईन्टरनेट त

    • प्रकाशित मितिः असार १४, २०७९
    • ५५१ पटक पढिएको
    • धर्तीमाई
  • अस्पतालका सेवाग्राही माथी अभद्र व्यवहार गर्ने कर्मचारी महतो गिरफ्तार

    सिराहा । लहान अस्पतालका एक कर्मचारीले आफ्नो सेवाग्राहीमाथि गरेको अभद्र व्यवहारका कारण पक्राउ परेका छन् । सेवा लिने क्रममा सेवाग्राहीलाई नेपालीमा अश्लील गाली गर्ने प्रादेशिक अस्पताल लाहानका नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन ।  सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले ना.सु महतोलाई गुनासो गर्न जादा सामान्य भनाभन पछि चर्काचर्की भएको बताईएको छ। त्यसै क्रममा महतोले उक्त सेवाग्राहीलाई अपशब्द भनेका थिए । अस्पताल प्रशानको चर्को विरोध पछि ईप्रका लाहानले कर्मचारी महतोलाई गिरफ्तार गरेको डिएसपी कुमार मैनालीले जानकारी दिएका छन् । 

    • प्रकाशित मितिः असार ९, २०७९
    • ५,८३२ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]