सिराहा । मधेश शिक्षा क्षेत्रमा पछाडि परेको हुनाले शिक्षाको बिकासमा आफू गम्भीर रहेको सखुवानन्कारकट्टी गाउँपालिकाका उपाध्यक्ष निलम देवी यादवले बताउनु भयो । लाहान स्थित एम्स ईन्स्टिच्युटद्वारा आयोजित बिदाई कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको उपाध्यक्ष यादवले यस्तो बताउनुभएको हो।

एसईई परीक्षा सकेर बृज कोर्स कक्षा समापन तथा बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै यादवले लाहान लगायत सिराहालाई शैक्षिक हब बनाउनु पर्नेमा जोड दिनुभयो। वहाँले एसईई परिक्षाका परिक्षाफलको लागि प्रतिक्षारत विद्यार्थीहरुलाई सफलताको शुभकामना दिनुभएको छ।
बिदाई कार्यक्रमका अध्यक्षता एम्स ईन्स्टिच्युटका संचालक अब्दुल कलामले गर्नुभएको थियो भन्ने विशिष्ट अतिथिको रुपमा एपेक्स ईन्स्टिच्युटका संचालक भरत साह, न्युटन ईन्स्टिच्युटका संचालक कमलेश यादव लगायत विभिन्न शैक्षिक संस्थाहरुको संचालक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।