सिराहा । दुर्गा प्रसाईंको अभिव्यक्तिलाई लिएर सिराहाका ब्यापारीहरु असन्तुष्टि पोखेका छन् । बैंक वित्तिय कर्जा पीडित व्यवसाय कल्याण संघ संघर्ष समितिको लहानमा भएको कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ लहान र संघका अध्यक्षप्रति लक्षित अभिव्यक्ति प्रति जिल्ला उद्योग बाणिज्य संघ सिराहा लाहानले घोर भत्सर्ना गरेको छ।

प्रसाईंको सार्वजनिक अभिव्यक्तिलाई  गैरजिम्मेवार अभिव्यक्ति भन्दै बाणिज्य संघ अध्यक्ष बिकास शारडाले कडा निन्दा गरेको छ।  शारडाले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने 'यो संगठन व्यापारीहरुको साझा संगठन हो त्यसैले यो संगठनको पहिलो प्राथमिकता व्यावसायीको हकहित संरक्षण रहेको छ । यस संगठनको अध्यक्षको हैसियतले म सदैव व्यवसायीको हित र संरक्षणप्रति प्रतिबद्ध छु। तसर्थ मर्यादा विपरित अभिव्यक्ति नसच्चाए यो संघर्ष समितिको सल्लाहकार पदबाट अलग हुने जानकारी समेत गराउन चाहन्छु।'