लहान, चैत २८— एल.एम.सी तथा महाकवि विद्यापति क्याम्पसमा कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मोहन प्रसाद साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष धनपति भेटवाल रहनुभएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मनोज यादव (बनैता) तथा राष्ट्रिय परीक्षा बोर्ड, लहान शाखाका शिक्षा अधिकृत प्रमोद कुमार यादव विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो।

त्यस्तै, लहानस्थित मेरी चिल्ड्रेन क्याम्पसका प्रमुख वीरेन्द्र कुमार यादव, क्याम्पसका संस्थापक महेश कुशावाहा, साथै क्याम्पसका बरिष्ठ शिक्षकहरू शिव कुमार राय, भूलेन्द्र दास, वीरेन्द्र शाह, राजेश गिरी लगायत अन्य शिक्षाप्रेमीहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।

उक्त समारोहमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, अनुशासन र भविष्य निर्माणका विषयमा प्रेरणादायी मन्तव्यहरू सुनेका थिए। कार्यक्रममा सहभागी अतिथिहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै निरन्तर प्रगतिको शुभेच्छा व्यक्त गर्नुभएको थियो।
कार्यक्रम समापन समारोह उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको थियो।