सिराहा । सिराहाका एक युवकले बालुवा, गिट्टी चाल्ने मेसिन बनाएका छन् । लक्ष्मीपुर पतारी वडा न. ३ बस्ने मनोज साहले बालुवा चाल्ने मेसिन बनाएका हुन।

किसान परिवारमा जन्मेका साह बाल्यकाल देखि नै आफू बिज्ञान प्रविधिमा रुचि राख्ने गरेको बताए । कुल लागत ५० हजारमा निर्माण गरिएको उक्त मेसिनले बालुवा र गिट्टी दुबै चाल्ने साहको दाबी छ। उनको अनुसार गिट्टी चाल्न केवल जाली फेर्नुपर्ने हुन्छ।

साहले निर्माण गरेको यो मेसिन खास गरि निर्माण व्यवसायीलाई धेरै उपयुक्त हुने बताईएको छ। यस मेसिनले एक दिनमा ५० ट्राक्टर बालुवा चाल्न सक्ने निर्माणकर्ता मनोज साहको दावी रहेको छ।

साहले भने 'सामान उपलब्ध भयो भने ५ घण्टामा मेसिन बनाउन सकिन्छ। यो मेसिन सानो देखि ठूलो आकारमा बनाउन सकिन्छ । यसको बजार मूल्य ७५ हजार देखी १ लाख सम्म पर्न सक्छ ।'