लहान । लहान नगरपालिकामा आर्थिक वर्ष ०८०/०८१ मा लिएको पेश्की रकमबाट न्यायिक समितिका सदस्य, उपमेयर, वडा अध्यक्ष र नातेदारहरुलाई लिएर भ्रमणमा मुक्तिनाथ निस्केका छन् ।
पेश्की लिएकै आर्थिक वर्षमा भ्रमण सकाउनु पर्ने हो । भ्रमण गर्न नसक्दा पैसा दाखिला गर्नुपर्ने हो तर यहाँ गत आवको बजेटमा चालू आवमा भ्रमण गएका छन् । हिसाब भने गत आवमै भ्रमण गरिएको देखाउने बुझिएको छ ।
भ्रमणमा उपमेयर रामचलितर महतो, उनको श्रीमती सन्जु सिंह, लेखा अधिकृत मायानाथ आचार्य, वडा-६ का अध्यक्ष रमेश गौतम, वडा-१३ का अध्यक्ष मनोज कोईराला, कार्यपालिका तथा न्यायिक समिति सदस्य महेन्द्र ठाकुर, वडा-१५ का सदस्य रामकुमारी दास, लक्ष्मण चौधरी, न्यायिक समितिका कर्मचारी रिक्मा विश्वकर्मालगायत गएका छन् ।
न्यायिक समितिका सदस्य महेन्द्र ठाकुरको नाममा ३ लाख पेश्की लिईएको छ ।