लाहान । सिराहाको लाहान नगरपालिकामा दलित समुदायको आन्दोलनले तिब्रता पाएको छ । लहान १५ स्थित दुतीलाल मोचीको नाममा रहेको १७ कट्ठा जग्गा अनाधिकृत रुपमा कब्जा गरेको भन्दै संयुक्त दलित संघर्ष समितिले सडक आन्दोलन थालेको हो ।

मोचीको नाममा रहेको जग्गा कब्जा गरि जवरजस्ती फोहोर व्यवस्थापनको लागि भौतिक निर्माण गर्दा मेयर चौधरीविरुद्ध प्रदर्शन हुँदै आएको संघर्ष समितिका संयोजक मनोज पासमानले जानकारी दिए ।

विरोध चलिरहेकै अवस्थामा कात्तिक २३ गते सो जग्गामा दुतीलालका छोराहरुले बनाउँदै गरेको घरलाई लहान नगरपालिका मेयर चौधरीको निर्देशनमा सशस्त्र, जनपथ र नगर प्रहरीको टोलीले आगो लगाइदिएको नेपाली काङ्ग्रेस कै एक दलित नेता राम गणेश दासले बताए ।

आगजनी रोक्न खोज्दा स्थानीय दलित महिलाहरुलाई प्रहरीले कुटपिट समेत गरेको छ । लहान नगरपालिकाविरुद्ध दलित संघर्ष समिति लहानलगायत नागरिक अगुवाहरुले आन्दोलनमा उत्रिएका हुन ।