सिराहा । लाहानको तरकारी बजार अव्यवस्थित भएको कारण उपभोक्तालाई कठिनाइ भोग्नुपरेको छ। शहीद चौकको दक्षिण रहेको तरकारी बजार प्रति स्थानीय सरकारको उदासीनताले सडकमा आवतजावत गर्नेलाई समेत अप्ठ्यारो पर्ने गरेको छ ।

कम्प्लेक्स भवनको दोहोरो उदघाटन पश्चात् पनि यहाँको अवस्थामा खासै बदलाव आएको छैन । नगरपालिकाको फितलो नियमनका कारण किसानहरू सडकमै तरकारी बेच्न बाध्य छन् । दिनहुँजसो भिडभाड रहने तरकारी बजारको सडक अव्यवस्थित रहेकोले मोटरसाइकल, गाडी, एम्बुलेन्स लगायतका साधनलाई समेत अवरोध हुनेगरेको स्थानीय बताउँछन् ।

'लाहानका मेयर महेश प्रसाद चौधरी लाहानलाई नमूना सहर बनाउने चर्को भाषण गर्नेगरेका छन् तर वास्तविकता भिन्न रहेको छ।' एक स्थानीय ब्यापारी शंकर साहले सुनाए । उनले थप्दै भने हाम्रो मेयर प्रचारबाजी बढी तर काम धेरै कम गर्ने भएकै कारण अवस्था यस्तो आएको हो।