सिराहा । सिराहाको लाहान नगरपालिकाले बलपूर्वक एक दलितको जग्गा कब्जा गरेको खबर छ। नगरपालिकाले जबरजस्ती व्यक्तिगत जग्गामा दिसा जन्य फोहोर व्यवस्थापन गर्न भौतिक निर्माण थालेको छ । लहान १५ स्थित दुतीलाल मोचीको नाममा रहेको किता १०५ (९ख) नम्बरको १७ कठ्ठा जग्गामा जवरजस्ती भौतिक निर्माण थालेपछि पीडित परिवारको बिचल्लीमा परेका छन् ।

पीडित मोची भन्नुहुन्छ 'मेयर महेश चौधरी आफुलाई बेला बेला दलितको नेहा हुँ भन्नुहुन्छ । वहाँको यी कुराहरू सब नाटक जस्तो लाग्छ । यदि वहाँ सहि नेता भएको भए हामी जस्ता गरिबको जग्गा बलपूर्वक कब्जा गर्नु हुदैन थियो।'

यता लहान नगरपालिका विरुद्ध दलित संघर्ष समिति आन्दोलनमा उत्रिने भएको छ । लहान नगरपालिकाले व्यक्तिगत जग्गामा भौतिक निर्माण कार्य थालेपछि संघर्ष समिति आन्दोलनमा जान लागेको संघर्ष समिति लहानका अध्यक्ष मनोज पासमानले बताउनु भयो ।

वाटर एडको ४० लाखको सहयोगमा फोहोर व्यवस्थापनको लागि कम्पाउन्ड वालसहित भौतिक निर्माण गर्न थालेपछि विवाद खडा भएको छ । निर्माण कार्य रोक्न जादा दलित परिवारलाई नगरपालिकाले हातपात समेत गरेको स्थानीयले बताए।

तीन पुस्तादेखि भोगचलन समेत रहेको दुतिलाल मोचीका छोरा बुहारीलाई लहान नगरपालिकाले भौतिक निर्माण थालेपछि उनीहरुको गरिखाने
खेतबारी नै रोकिएको छ ।

उता, नगरपालिकाले मोची परिवारलाई फकाउन कर्मचारीमा नियुक्ति दिने भनिएको छ। तर, नियुक्ति दिएको छैन।