सिराहा । नयाँ जनप्रतिनिधि निर्वाचित भएको झण्डै २ वर्ष हुनलाग्दा सम्म पनि सिराहाको लाहान नगरपालिका अव्यवस्थित नै रहेको छ । चुनावी एजेन्डामा सरसफाई र फोहोर ब्यवस्थापनलाई मेयर महेश प्रसाद चौधरीले बढी प्राथमिकता दिएपनी हालकोअवस्थामा खासै सुधार न भएको गुनासो बढदो छ।

फोहोर ब्यवस्थापनमा स्थानीय सरकारको उदासीनता देखिनु सिङ्गो नगरकोलागि चिन्ताको बिषय बनेको छ। अहिले जताततै फोहोर डम्प गरिएको देखिएको छ जसले सिधा मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने स्वास्थकर्मीहरु बताउँछन् ।

पुर्व -पश्चिम हाईवे देखि ग्रामीणको सडक जोडने सडक छेउछाउमै फोहोर थुपारिएकोमा स्थानीयबासिन्दा चिन्तित देखिएका छन् । एक स्थानीय बिनोद साह भन्नुहुन्छ 'मेयरसाब उदघाटन कार्यक्रममा दैनिक जसो ब्यस्त देखिनु हुन्छ । वहाँले केही समय कुरुप बन्दै गएको नगरको बारेमा सोच्न जरुरी छ।'