(सिराहा सखुवानन्कारकट्टीका एमाले नेता दिपेन्द्र प्रसाद चौधरीसंग लिएको अन्तर्वार्ताको सम्पादित अंश)
सिराहा । कालोलाई सेतो र सेतोलाई कालो बनाउने मिडिया आतंक बन्द गरौ । देशमा भ्रमको खेति फैलाउने नै मिडिया हो। देशको चौथो अंग मिडिया तर मिडियाको जिम्मेवारी शून्य । काम नपाएको जस्तो जो पायो त्यसकै ईन्टरभ्यु लियो हाल्यो। जसले जति आराजक तरिकाले बोल्यो उसलाई त्यति प्राथमिकतामा राखिन्छ। जसलाई कानुनको ज्ञान छैन , राजनिति के हो ? थाहा छैन , उ चाहिं राजनितिक बिश्लेषक बनाईन्छ। लोकतन्त्रको गलत व्याख्या , कानुनको कमजोर कार्यान्वयन , सरकारको फितलो जवावदेहिता, जनताको उच्च महत्वाकांक्षा , देशको कमजोर आर्थिक अबस्थालाई कसरी समहाल्ने भन्ने बिषयमा सोच्नुपर्ने बेलामा एकले अर्काको खेदो खनेर देश श्रीलंका बन्ने बाहेक केही हुनेवाला छैन।


           त्यसैले हामी संबेदनसिल बनौ अराजकता फैलाउने कथित बुद्धिजीवीलाई बहिस्कार गरौ । देशमा स्थिरता छैन र हुन नदिन छिमेकि मुलुकहरु बेला बेलामा अनेक पासो फालिरहन्छ। ताकि देश आत्म निर्भर कहिल्यै नबनोस र उनिहरुको ब्यपारिक क्षेत्रको रुपमा संधै प्रयोग भईरहोस । देश स्थिर नहुदासम्म बिकास सम्भब छैन भन्ने कुरा हामी सबै सचेत नेपालीले बुझ्नु पर्ने बेला भएको छ । यसको लागि राजनितिक दलहरु बल्यो हुनै पर्छ।राजनितिक दलहरु बलियो नहुदासम्म देश बलियो हुदैन। एक पल्ट त दरो भएर नै भारतले नचाहदा नचाहदै सम्बिधान जारी गर्यो, चुच्चे नक्सा जारी गर्यो , अघोषित नाकाबन्दीको प्रतिकार गर्यो र भारतको दादागिरीको अन्त गर्न कसरत गरिरहेको छ। तर सत्ता स्वार्थ, राजनितिक प्रतिशोध, संविधान र कानुनको आफु अनुकुलको ब्याख्या तथा नातावादले नै देशमा आजको  परिणाम ल्याएको हो भन्नुमा कुनै दुईमत छैन।

              गणतन्त्र भन्दा उच्चतम ब्यवस्था अरु कुनै छैन । यसको प्रयोग सहि तरिकाले , अनुसाशित ढंगले गर्न सिकौ यसैमा नेपाल र नेपालीको कल्याण हुनेछ। तर अहिले ब्यवस्थामाथी नै खतरा देखापर्न थालेको छ । साना साना दल जो सरकारमा छैन उनिहरुले संसद भित्रबाट धावा बोलिरहेका छन भने कोहि अभियन्ता भएर सडकबाट हमला गरिरहेकाछन। यी सब नेपालमा अराजकता मचाउने , स्थिरता हुननदिने साम्राज्यवादी , र बिस्तारबादीहरुको गोटीहरु हुन । एउटा नागरिक, एउटा अभियन्ता भारतको हाईप्रोफाईल , भिभिआईपि तथा राज्य संचालकहरुसंग कसरी निकट हुन पुगे ? जोकि नेपालको राजनितिक दलका ठुला ठुला नेतालाई पनि छैन। जुन कुराको प्रस्टीकरण स्वंम दुर्गा प्रसाईले दिसकेका छन। त्यसैले मंसिर सात, नेपालीको लागि अभिसाप हो ।

दुर्गा प्रसाई स्वार्थ प्रप्तिका लागि भौतारिएको असन्तुष्ट प्रेत आत्मा हुन। प्रचण्डसँग स्वार्थ ( मेडिकल काँलेजको दर्ता ) नहुने देखेपछि ओलीलाई पनि साथमा लिएर जाने रणनीति लिए पछि दुई नेताबिच फुट हुँदा बलिया ओलिसंग लागे । त्यहाँबाट पनि नहुने भएपछि अभियन्ता हुँदै संविधान जारीगर्दा असन्तुष्ट राजाको साथ लिएर तथा भारतको गोटी बनेर ब्यवस्था विरुद्धको आन्दोलन गर्नु किमार्थ उचित होईन।