सिराहा । सिरहाको बिष्णुपुर गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आज देखि काम काज ठ्प्प गरि धर्नामा बसेका छन् ।

श्रावण महिनादेखी तलबभता नपाएको बिषयमा बिष्णुपुर गा.पा कार्यालयका कर्मचारीहरु, वडाका सचिबहरु, विद्यालयका प्रधानध्यापकहरु सन्युक्त रुपमाधर्नामा बसेका हुन।

कर्मचारी संघर्ष समितिका सन्योजक  बिष्णुपुर गा.पा.शिक्षा शाखा प्रमुख दिप कुमार यादबको नेतृत्वमा बिष्णुपुर गा.पा.-१ स्थित गा.पा. अध्यक्षको कार्यकक्षको अगाडिको प्राङ्गणमा धर्नामा बसेका छन् ।