रासिन्द्र यादव

सप्तरी, ०५ कार्तिक ।
सिरहाको बरियारपट्टि गाउँपालिका वडा नं. ५ कदमाहा गाउँम नि: शुल्क स्वास्थ्य शिविर सप्पन्न भएको छ । नेशनल वित्तिय लघुबित्त संस्था लिमिटेडको आयोजनामा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको संस्थाको प्रमुख कार्यकारी निर्देशक (सिईओ) राम बहादुर यादवले जानकारी दिए । ग्रामीण क्षेत्रमा स्वास्थ सेवाको पहुँचबाट बन्चित रहेका आम जनसमुदायलाई लक्षित गरि आयोजना गरिएको स्वास्थ सिविरबाट ४ सयभन्दा बढीले लाभ लिएको सिईओ यादवले बताए ।
received_1295801777746680_rsANOlXw5s
स्वास्थ्य शिविरमा डा. सतिस कुमार यादव, डा. प्रविन कुमार यादव, डा. राकेश कुमार यादव, डा. लक्ष्मी यादव, डा. मनोज अधिकारी यादव लगायत दर्जन भन्दा बढि विशेषज्ञद्वारा सेवा प्रदान गरिएको हो । शिविरमा स्त्री तथा प्रसुती रोग, बाल रोग, जेनरल फिजिसियन, आँखा रोग लगायतका रोगहरुको ४ सय भन्दाबढि बिरामीहरुको  चेकजाँच गरि नि:शुल्क औषधि दिईएको डा.सतिस कुमार यादवले जानकारी दिए ।
received_822760112976074_HExImMcf7a
संस्थाको सिईओ रामबहादुर यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको पुर्व सांसद अमिर यादवको प्रमुख आतिथ्यतामा कर्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा  बिशिष्ट अतिथि गाउँपालिका प्रमुख सन्तोष महतो, उपप्रमुख प्रमुख ममता यादव लगायतको उपस्थित रहेको थियो ।