सिराहा । ने.क .पा माओवादी केन्द्रको समाजिक रुपान्तरण अभियानले निरन्तरता पाएको छ। यसै क्रममा 'घर घरमा माओवादी, जनजनमा माओवादी' विशेष रुपान्तरण कार्यक्रम लहान वडा न. ५ मा सम्पन्न भएको छ।

जिल्ला कमिटि सदस्य विजय गुप्ताको संयोजकत्वमा बैठक सम्पन्न भएको हो । संयोजक गुप्ताका अनुसार कार्यक्रममा  उत्साहजनक सहभागिता रहयो । नगरकमिटी अध्यक्ष हेमन्त यादवले ले शहरी क्षेत्रमा माओवादीको संगठन बलियो हुन थालेको बताएको छ । नेता यादवले पहिचान स्थापित मात्र नभई शोषित पीडित जनताको आवाज बनेको माओवादी अब आउने दिनमा शहर क्षेत्रमा समेत आफ्नो संगठन बलियो बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नगर सचिव उमेश साहको पनि विशेष पहल रहेको जिल्ला कमिटीले जनाएको छ ।