सिराहा । लाहान नगरपालिकाद्वारा हालसम्म दिगो फोहोर व्यवस्थापनमा भने पूरा हुन सकेको छैन । नगरमा संकलन भएको फोहोर अहिले मुतनी नदि र जङ्गलको बाटोमा व्यवस्थापन हुंदै आएको छ । जसका कारण बस्ती नै दुर्गन्धित भएको छ ।

नगरपालिकाले बजार क्षेत्रबाट निस्कने फोहोरको दिर्घकालिन समधान नखोजिदा बस्ती नजिकै डम्पिङ गर्दै आएको छ । जनप्रतिनिधि आएको लगभग २ बर्ष पुगिसक्दा पनि फोहोर व्यवस्थापनमा उल्लेख्य प्रगति भने भएको छैन । यसरी अव्यवस्थित डम्पिङका कारण पर्यावरणमा त प्रभाव परेको छ नै मानव स्वास्थ्यमा समेत असर गरिरहेको छ ।
यता लाहानका मेयर फोहोर ब्यवस्थापन बारे चर्को भाषण दिएपनी व्यबहारमा लागू नभएको स्थानीयको गुनासो छ । एकजना स्थानीय भन्नुहुन्छ 'हाम्रो मेयर साब काम भन्दा पनि दिखावामा बढी बिश्वास गर्नुहुन्छ जस्तो लाग्छ । वहाँको कार्यसम्पादनको मुल्यांकन बाहिरिनु भन्दा पनि फेसबुक रिल्स र टिकटक बढी बाहिरिने गरेको छ । रिल्स बनाउने होला वहाँको ब्यक्तिगत जीवन तर बुझ्नुपर्ने कुरा के हो भने वहाँ एक जनप्रतिनिधि हो ।'

पर्यावरण र मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने यस्ता क्रियाकलाप तत्काल रोक्न सरोकारवाला लगायत सबै पक्ष बेलैमा लाग्नु पर्ने देखिन्छ ।