सिराहा । लाहान स्थित सामुदायिक एफ एम रेडियो सौगातद्वारा संचालित रेकर्डिङ स्टुडियोले नयाँ गीत सार्वजनिक गरेको छ ।
नेपाल पत्रकार महासंघ सिराहाका अध्यक्ष मनोज बनैता र निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्तालगायत सिराहाका दर्जनौं पत्रकारहरुको उपस्तिथिमा रक्षाबन्धन गीत सार्वजनिक भएको हो ।

लोकप्रिय मैथिली गीतकार तेजु मैथिलले गाएको उक्त गीत सौगात एफएम युट्युब च्यानलमा राखिएको जानकारी एफएम संचालिका भारती गुप्ताले दिईन । गीतको बोल 'आई महिना दिनसे सपनेमे भैयाके राखी बान्है छेल....' रहेको छ ।

गीतकार तेजु मैथिलका अनुसार यो एक व्यंग्यात्मक गीत हो जसले वर्तमान समयमा रक्षाबन्धन जस्तो पवित्र पर्वमा आएको विकृतिलाई उजागर गरेको छ ।