सिराहा । सिराहा सुखिपुर-२ को एक युवकको अपहरण प्रयास भएको छ् । सुखीपुर विदयानगर बस्ने रमेश कुमार मण्डलको अपहरण प्रयास भएको हो । हातपात पछि अपहरण गर्नै लाग्दा विदयानगरका स्थानीयले उद्धार गरेको बुझिएको छ।

व्यक्तिगत रिसिविको कारण सोही गाउँका राकेश मण्डल, नथुनि मण्डल, सुनिल मण्डल उदय साह, दिनेश मण्डललगायतका एक समूहले भदौ १ गते रमेशलाई कुटपिट गरेको हो।

पीडित रमेशले भने 'दुई महिनादेखि मलाई मोबाइलमार्फत धम्की दिदै आएका थिए । 'दिनहुँ फोन गरेर तिमी गाउँ छाडदे नत्र खैरियत  हुँदैन ।' 'प्रहरी प्रशासनमा जानकारी गराउंदा कुनै वास्ता गरेन । "अस्ति बोलाएर कुटपिट गरे "त्यसपछि अपहरण गर्न लाग्दा मेरी आमाले थाहा पाएर गाउलेलाई गुहार गरेर मलाई उनीहरुबाट मुक्त गरियो ।' रमेशलाई खेतमा कुटपिट गरिरहेको अवस्थामा उनको आमाले गाउलेलाई गुहार गरेका थिए । स्थानीयले रमेशलाई मुक्त गराएर ल्याएको छ।

उता, घटनाको जाहेरी ईलाका प्रहरी कार्यालय पतारी कार्यालय सिरहामा फोन सम्पर्क दिएपनि अपराधीलाई गर्दा उनको फोन रिसिभ नगरेको नियन्त्रणमा लिन नसकेको पीडितको गुनासो छ। पीडित रमेशले दोषीलाई कारवाही गर्न ईलाका प्रहरी कार्यालय पतारी पटक पटक सम्पर्क बेवास्ता गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरीलाई दोषीहरुले खुल्लेआम प्रहरीलाई चुनौती दिदै पीडित रमेश र उनका घरपरिवारलाई धम्क्याउँदै आएको छ । उनीहरुले प्रहरीलाई दिएको जाहेरी फिर्ता गर्न दबाव दिइरहेको बुझिएको छ ।