सिराहा । ईलाका प्रहरी कार्यालय लाहानले ३ लाख बराबरको अवैध सामान बरामद गरेको छ । सिरहाको लहान नगरपालिका वडा नं. १७ बलानसेर स्थित बिनोद यादवको गोठ अगाडि सडक किनारमा बेवारिसे अबस्थामा भन्सार छलि चोरी पैठारी गरी ल्याईएको अवैध सामानहरु बरामद भएको हो ।

हिजो करिब ६:३० बजेको समयमा  ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट प्रहरी निरीक्षक कृष्ण खत्रीको कमाण्डमा खटेको टोलिले ५० के.जि. तौलको जम्मा ७७ बोरा चिनी बरामद गरेको हो ।

अन्दाजी मुल्य ३ लाख ८ हजार बराबरको भारतिय कम्पनिको चिनी बरामद गरी उक्त चिनि नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई राखिएको छ । प्रवक्ता तथा सूचना अधिकारी डिएसपी रबिन्द्र राज पाण्डेको अनुसार थप अनुसन्धान कार्य भईरहेको छ ।