दिलिप पुर्वे
सिराहा । धनगढीमाई नगरपालिकाको एक निजी विद्यालयमा विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ। धनगढीमाई -१० जिरोमाईलमा अवस्थित बुद्ध मेमोरियल बोर्डिङ स्कूलमा एक विद्यार्थीलाई निर्घात रुपमा कुटपिट भएको हो ।

जिरोमाईल भन्दा उत्तर भालटार बस्ने कक्षा ८ मा अध्यनरत छात्र निशान्त राईलाई स्कुलकै संस्थापक का छोरा क्षितिज मोक्तानले निलडाम हुनेगरी पिटेका छन् । छात्रले विद्यालयमा दिईने गृहकार्य नियमित रुपमा नगरेको भन्दै प्लास्टिकको पाईपले पिटेको बुझिएको छ ।

विद्यार्थीको अभिभावकले शिक्षक मोक्तान उपर कानुनी कार्यवाहीको माग गर्नासाथ विद्यालयका संस्थापक सदस्यहरू पीडित छात्रका परिवारलाई रिझाउन लागेको खबर प्राप्त भएको छ।

स्कुलका प्रिन्सिपल गङ्गा तिमिल्सिनालाई डिएम खबरले बारम्बार सम्पर्क गर्न खोज्दा पनि वहाँको फोन अनुत्तरित रहेको छ ।