सप्तरी । बलान बिहुल गाउँपालिकामा शनिबार बिहान भएको कुटपिट र लुटपाट घटनाका आरोपित ब्यक्तिहरु फरार रहेको जानकारी प्राप्त भएको छ । हिजो जुडशितलको दिन मल्हनियाँ गाउँका शिवराम यादव (फुलेन) लाई स्थानीयकै एक समुहले कुटपिट गरेका थिए ।

रुख बोटबिरुवामा पानी हाल्न निस्केको बेला शिवरामलाई स्थानीय धर्मदेव यादव, ईन्द्रदेव यादव, शैलेन्द्र यादव र रमेन्द्र यादव (भलटा) ले निर्ममतापुर्वक कुटपिट गरेको आरोप पीडित पक्षको रहेको छ । घटनामा पीडित यादवको ओठ, हात, पिठ्युँ र अन्डकोषमा गम्भीर चोट लागेको पीडितकै पत्नी राजकुमारी यादवले बताएकी थिईन । उक्त घटनाकै दौरान घाइते यादव संग रहेको सुनको चेन र मोवाईल समेत लुटपाट भएको पीडित पक्षको आरोप रहेको छ । घाईते यादवको उपचार लाहान स्थित कामना नर्सिङ होममा भईरहेको खबर छ ।

कुटपिट गर्ने समुहको धर्मदेव यादव भनिने बलान बिहुल गाउँपालिकाको सेफ्टी ट्याङ्क चालक हुन । पीडित परिवारले न्याय निरुपणको लागि ठाडो निवेदन दिएको पारिवारिक श्रोतले जानकारी गराएको छ । पीडित पक्षले चन्ही स्थित स्थानीय चौकीमा जाहेरी दिएपनि नेपाल प्रहरीले राजनैतिक दबाव र प्रभावमा आएर हालसम्म कुनै कानुनी कार्यवाही प्रक्रिया अगाडि नबढाएको पीडित पक्षको आरोप छ ।

यता ईलाका प्रहरी कार्यालय कडरबोनाले घटनामा सम्लग्न ब्यक्तिहरु घटना पश्चात् फरार रहेको प्रतिक्रिया दिएका छन् ।