रासिन्द्र यादव
सप्तरी । बलान बिहुल गाउँपालिकामा आज जुडशितल कै दिन मल्हनियाँ गाउँका शिवराम यादव (फुलेन) लाई स्थानीयकै एक समुहले कुटपिट गरेको छ ।

बिहान करिब ९ बजे  रुख बोटबिरुवामा पानी हाल्न निस्केको बेला शिवरामलाई स्थानीय धर्मदेव यादव, ईन्द्रदेव यादव, शैलेन्द्र यादव र रमेन्द्र यादव (भलटा) ले निर्ममतापुर्वक कुटपिट गरेका छन् । घटनामा पीडित यादवको ओठ, हात, पिठ्युँ र अन्डकोषमा गम्भीर चोट लागेको पीडितको श्रीमती राजकुमारी यादवले बताएकी छिन् । उनले भनिन 'मेरो श्रीमानको घाँटीमा रहेको सुनको चेन र मोवाईल समेत लुटपाट भएको छ ' पीडित यादवको उपचार लाहान स्थित कामना नर्सिङ होममा भईरहेको खबर छ ।

कुटपिट गर्ने समुहको धर्मदेव यादव भनिने बलान बिहुल गाउँपालिकाको सेफ्टी ट्याङ्क चालक हुन । पीडित परिवारले न्याय निरुपणको निवेदन दिएको पारिवारिक श्रोतले जानकारी गराएको छ । पीडित पक्षले चन्ही स्थित स्थानीय चौकीमा जाहेरी दिएपनि नेपाल प्रहरीले राजनैतिक दबाव र प्रभावमा आएर हालसम्म कुनै कानुनी कार्यवाही प्रक्रिया अगाडि नबढाएको आरोप छ ।

कुटपिट, लुटपाट, चोरी पैठारी, कर्तव्य ज्यानलगायतका अराजक गतिविधि बढ्दै जानुले बलानबिहुलको स्थानीय सरकार र नेपाल प्रहरीमाथी प्रश्न चिन्ह खडा गरेको छ ।