सिराहा । लाहान नगरपालिका भ्रष्टाचारको अखाडा बन्दै गएको व्यापक गुनासो आएको छ । लहान ७ को वडा अध्यक्ष राम औतार शर्माले नगरपालिकाको स्वामित्वमा लाखौं मुल्य पर्ने कबाडी बिना निर्णय बेचेका छन् । 

नगरपालिकाको पुरानो कार्यालय भवन भत्काई नयाँ भवन निर्माण गर्ने भन्दै पूरानो भवनको झयाल, ढोका, ग्रील, रेलिङ्ग लगायत बर्षौं देखि रहेको पूरानो मेशिनरी पार्ट्स तथा कवाडी फलामका सामान र संरचनाहरु बेचेका छन् । वडा अध्यक्ष शर्माले कुनै प्रकारको लिलामी प्रक्रिया नअपनाई कबाडी सामान बेचेको आरोप लागेको छ् ।

अध्यक्षको पदिय गरिमा समेतको ख्याल नगरी नगरपालिकाकै ट्र्याक्टर तथा सरसफाइ कर्मचारीहरुलाई  प्रयोग गरी करिब १५ लाख ५० हजार बराबरको कबाडी  लाहान ३ का  नेशनल सप्लायर्सलाई बेचेको आरोप पुर्व वडा अध्यक्ष राकेश रोशन गुप्ताको रहेको छ । एक पत्रकार सम्मेलन गरि नेता गुप्ताले लहान- ३ का वडा अध्यक्ष राम औतार शर्मालाई निलम्वन गरी हदै सम्मको कारवाहीको माग गरेका छन् । नेता गुप्ताले उक्त मुद्दा सम्बन्धि निवेदन अख्तियारमा समेत दर्ता गरेको बताए ।

उता अध्यक्ष शर्मा भन्ने काम नलाग्ने सामान बेचेको  स्विकार्दै आफुलाई कानुनी प्रक्रिया थाहा नभएको बताएका छन् ।

पदस्थापनका बेला लाहान नगरपालिकामा कसैले भ्रष्टाचार गरे आफु मेयर पदबाट राजीनामा दिने उद्यघोष मेयर महेश प्रसाद चौधरीले गरेका थिए । वडा अध्यक्ष शर्मालाई कार्यवाही भयो भन्ने मेयर चौधरीले नैतिक रुपमा पदबाट राजीनामा देला त? अहिले लाहानको चौक-चौकमा चिया चर्चाको बिषय बनेको छ ।